
झापाको बुद्धशान्ति गाउँपालिका वडा न:२ खेलकुद विकास समितिको आयोजना ,नवज्योति युवा क्लबको सह-आयोजना ,बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा माघ १० गते बाट सुरु भएको बुद्धशान्ति गाउँपालिका तेस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा वडा न:१ ले वडा न:६ लाई प्रतिस्पर्धात्मक खेलमा २-१ को अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
वडा न:१ का लागि धिरज मगर र राहुल लिम्बु र वडा न:६ का लागि सुगन सिन्जाली मगरले १-१ गोल गरेका थिए।वडा न:१ लाई जित दिलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका वडा न:१ का धिरज मगर खेलको म्यान अफ द म्याच घोषित भए।
भोलि माघ १३ गते प्रतियोगिताको खेल हुने छैन,भोलि अर्जुनधारामा आयोजनामा हुने झापा जिल्ला अन्तरपालिका स्तरीय अन्डा १८ फुटबल प्रतियोगितामा बुद्धशान्तिको खेल रहेकोले यहाँ खेल नराखिएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको पहिलो सेमिफाइनल माघ १४ गते वडा न:१ र ४ तथा दोश्रो सेमिफाइनल माघ १५ गते वडा न:२ र ३ का बिचमा रहने छ।
बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडा को अध्यक्षतामा भएको आजको खेलमा बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बुद्धशान्ति वडा न:६ का वडाध्यक्ष शिवराज पौडेल ,बुद्धशान्तिका विभिन्न संघसंस्थाका प्रतिनिधि ,खेलप्रेमी ब्याक्तित्वहरु,जनप्रतिनिधि ,लगायत उपस्थिति रहेको कार्यक्रम को संचालन खेलकुद विकास समितिका गोकुल पौडेलले गरेका थिए ।
माघ १० देखि १७ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार ,उपविजेता ले नगद २५ हजार सहित ट्रफी ,मेडल ,प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा अन्य विभिन्न विधागत पुरस्कार समेत रहने छन।खेल बुद्धशान्ति -२ स्थित आदर्श माविको खेलमैदान मा संचालन भईरहेको छ।





