
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.३ को नवनिर्मित वडा कार्यलयको भवन उत्घाटन गरिएको छ । प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई साथै पालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा वाट संयूत्त रुपमा रिवन काटी शिलालेख खोलेर उत्घाटन गरिएको हो ।
बुद्धशान्ति गाउँपालिका को आर्थीक सहयोगमा भवन निमार्ण भएको हो । वडा नं. ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा विशिस्ठ अथिती बुद्धशान्ति गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत युवराज कटेल विशेष अथिति बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख खड्ग गिरि तेस्तै अथिति हरूमा वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले लगायत सातै वटा वडा का वडा अध्यक्ष साथै पुर्व अध्यक्ष वडा सदस्य स्थानिय सामाज सेबि लगायतको उपस्थितिमा भएको कार्यक्रमा कार्यपालिका सदस्य नर्वदा चापागाईले उपस्थित सम्पुर्णलाई शाब्दिक स्वागत गरेकि थिईन । भवन निर्माणका लागि बुद्धशान्ति गाउँ पालिका वडा नं १ निवासि जग्गा दाता अनुस आचार्य साथै रूपेस आचार्यले २ कठ्ठा जग्गा दिएका थिए । बुद्धशान्तिगाउँपालिका बाट २ आर्थिक बर्षमा गरि ७६ लाख को लागतमा २ तल्ले ८ कोठे भवन निर्माण सम्पन्न गरिएको छ । कार्यक्रमा बोल्दै वडा अध्यक्ष पर्शुराम चेम्जोङले लामो समय देखि भाडामा बसेर वडा कार्यलय सन्चलन भईरहेको थियो । सानो ठाउँ भएकाले वडा बाट दिने सम्पुर्ण सेवा दिन निकै समस्या भएको बताउदै अाज वाट सम्पुर्ण सेवा यसै नव निर्मित भवनबाट दिईने बताएका छन, ।
कार्यक्रममा प्रमुख अतिथी प्रसाइले वडा कार्यलय उत्घाटन हुँदै गर्दा वडा कार्यलयको घेरा बारा बिजुलि नजिकै रहेको हडिया खोलाको छेउमा ढुङ्गा जालिवाल लगाउने लगायको अझै काम बाकि रहेकाले पालिका बाट क्रमागत रूपमा गर्ने बताउदै वडा बाट दिइने सम्पुर्ण सेवा पारदर्शी हुनुपर्ने भन्दै शुभकामना मन्तव्य राखका थिए । भने कार्यक्रमको संचालन वडा नं. ३ का वडा सचिव हरि कुमार प्रधानले गरेका थिए ।