
झापाको बुद्धशान्ति ३ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका निवर्तमान अध्यक्ष गोविन्द पौडेलले नवनिर्वाचित अध्यक्ष दिलकुमार (कृष्ण) श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
निर्वाचन समितिका संयोजक डिल्लीराम तिम्सिनाको अध्यक्षता त्यस्तै निवर्तमान उपाध्यक्ष चन्द्र उप्रेती, सल्लाहकार सदस्य कुलप्रसाद न्यौपाने लगायतको आतिथ्यतामा पद हस्तान्तरण सम्पन्न गरिएको थियो । संस्थाको आगामी कार्यकालका लागि उपाध्यक्षमा मीरा भूर्तेल त्यस्तै सदस्यहरुमा दुर्गा प्रसाद दंगाल, मातृका भट्टराई, मदन भण्डारी, चन्दा मगर, मन्दिरा चापागाई, हेमप्रसाद अधिकारी र निवर्तमान अध्यक्ष पौडेल पदेन सदस्य रहने गरी ९ जना संचालन समिति सदस्य चयन भएका छन् । त्यस्तै पशुपति नेपालको संयोजकत्वमा मेघराज काफ्ले र रघुनाथ अधिकारी सदस्य रहने गरी ३ सदस्यीय लेखासमिति पनि चयन गरिएको छ ।
नयाँ कार्यसमितिलाई कार्यक्रममा सपथ ग्रहण र प्रमाण पत्र वितरण गरि स्वागत गरिएको थियो ।
कार्यक्रममा निवर्तमान उपाध्यक्ष चन्द्र उप्रेती र निवर्तमान अध्यक्ष गोविन्द प्रसाद पौडेल, निवर्तमान लेखा समिति सदस्य नरेन्द्र कुमार भूर्तेल र सल्लाहकार सदस्य कुल प्रसाद न्यौपानेले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष भूर्तेल र लेखा समिति संयोजक नेपालले संस्थाप्रति बफदार रहने भनी प्रतिबद्धता जाहेर गरेका थिए ।
संस्थाको आफ्नै भवनमा भएको कार्यक्रमको संचालन निर्वाचन संचालन समिति सदस्य केशव दाहालले गरेको थिए ।