
धरान उपमहानगरपालिका वडा नं ८ स्थित पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसमा २ दिने नि:शुल्क आँखा शिवीर सम्पन्न भएको छ। मन्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टर प्रा. लि. द्वारा आयोजित उक्त कार्यक्रम माघ २२ र २३ गते गरी २ दिन चलेको थियो।
उक्त कर्यक्रम बाट करिब ४५० जानाले आफ्नु आँखाको स्वास्थ्य आवस्थाको जानकारी लिएको पुर्वाञ्चल क्याम्पस धरान कम्प्युटर सन्काय तेस्रो बर्षमा आध्ययनरत महेश्वर प्रसाद भट्टले जनकारी दिएका छन्। साे कार्यक्रम अन्तर्गत १८ देखि २२ बर्ष उमेर समुहका ब्यक्तिहरुको सम्लङ्गता बढी देखिएको थियो। जाँच गरिएको मध्ये करिब १७४ जनामा आँखा पोल्ने, आँखा चिलाउने, टाढाकाे वस्तु कम देख्ने जस्ता समस्या देखिएकाे छ, जस्को मुल कारण मोबाईल, ल्यापटप जस्ता बिधुतिय उपकरणको बढी उपयोग भएर पाईएकाे छ।
छोटो समयमा बढी ब्यक्ति लावन्वित हुन् भन्ने उदेश्यका साथ सो कर्यक्रम क्याम्पसमा आयोजना गरिएको मन्जुश्री सुपर स्पेशालिटी आई केयर सेन्टर प्रा. लि. का म्यानेजर मनिशा पन्डेले जानकारी दिनुभएको छ।