
ईलामको रोङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सम्पन्न भएकाे छ। गत माघ २६ र २७ गते भएका प्रतियोगितामा शान्ति निकेतन मावि प्रथम भएको छ।
राेङ गाउपालिका भित्रकाे १२ देखी १८ बर्ष उमेर समुहकाे ९ वटा माध्यामिक बिद्यालयकाे सहभागिता रहेकाे उक्त प्रतियाेगितामा आयाेजना स्टल समेत रहेकाे शान्ति निकेतन माविले १६ स्वर्ण २ रजत र २ काँश्य सहित २० पदक जितेर प्रथम भएकाे थियाे शान्तिपुर माविले ५ स्वर्ण ६ रजत र ६ काँश्य सहित १७ पदक जितेर दाेश्राे बन्दा, माेतिराम माविले ४ स्वर्ण र २ काँश्य सहित कुल ६ पदकसहित तेस्रो स्थान हासिल गरेकाे हाे।
बहुबन माविले २ स्वर्ण र ६ काश्यसहित चौथाे स्थान प्राप्त गर्दा शशी माविले १ स्वर्ण १० रजत सहित १५ पदक, सरस्वती माविले राेङ ६ ले१ स्वर्ण ४ रजत सहित ७ पदक, उमा महेश्वर माविले १ स्वर्णसहित ५ पदक र कुवापानी माविले ४ रजत सहित ५ पदक प्राप्त गरेको थियाे।प्रतियाेगितामा उत्कृष्ट हुने खेलाडिहरुले पदक र प्रमाण पत्र पाएका थिए । उक्त प्रतियाेगितामा प्रथम हुने खेलाडिहरु आगामी जिल्ला स्तरिय प्रतियाेगिताकाे लागि छनाैट भएका छन् ।