झापाको बुद्धधशान्ति गाउँपालिका वडा न: १ मा रहेको बुद्धआदर्श माध्यमिक विद्यालय बुधबारेमा अभिभावक भेला सम्पन्न गरिएको छ। विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको कार्यकाल सकिएकोले समिति विगठन तथा पुर्नगठन सम्बन्धि छलफलका लागि अभिभावक भेला गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता दिननाथ ढकाल, बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश कुमार भुजेल, शिक्षा युवा तथा खेलकुद शाखा बुद्धशान्तिका प्रमुख कमल निरौला, बुद्धशान्ति गाउँपालिका १ का वडाध्यक्ष अनिल वाग्ले, बुद्धशान्ति ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, शिक्षक अभिभावक संघका अध्यक्ष हेमप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्र प्रसाद अधिकारी, कल्पना प्रसाई, वडा नं. १ का वडासदस्य लक्ष्मी कडेँल, विद्यालयका सल्लाहकार संयोजक केदार प्रसाद कोइराला, भगवती न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्तिका अध्यक्ष धरणी पोख्रेल, श्री त्रिभुवन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना पवन, खगेन्द्र आचार्य, नेत्र रिजाल, विरेन्द्र कुमार घतानी, समाज सेबि चन्द्र कोइराला मनेस दहाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा केही समय अघि विद्यालयले अन्य विभिन्न विद्यालयमा गई गरेको भ्रमण प्रतिवेदन राजु पौडेलले गरेका थिए ।
त्यस्तै यात्रा संस्करण प्रस्तुत स्मरण लेखन प्रतिनिधी दुर्गामणी मिश्रले गरेका थिए ।
त्यस्तै कार्यक्रममा स्वर्गिय बुवाआमा विस्नु भक्त आचार्य साथै देबिमाया आचार्य को स्मृतिमा छोरा बुहारी श्रवणमणी आचार्य र बुहारि गंगा आचार्य साथै तीन छोरा बुहारि ४ छोरी ज्वाईले रु ५ लाखको अक्षयकोषको पनि घोषणा गरेका थिए ।
कार्यक्रममा युवा समाजसेवी मदन प्रसाईले कक्षा ११/१२ मा विज्ञान अध्ययनरत् विद्यार्थीहरुलाई विद्यालय शुल्कवापत बर्खा स्मृति प्रतिष्ठानबाट रु ६० हजार बराबरको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले शाब्दिक स्वागत गरेका थिए भने अनिल वाग्ले, खड्ग तिम्सिना, नेत्र रिजाल, लक्ष्मण आचार्य र रमेश कुमार भुजेलले कार्यक्रममा शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक माधव प्रसाद बरालले गरेका थिए ।