
झापाको बुद्धशान्ति २ स्थित आदर्श माध्यमिक विद्यालयको ६३ अौं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद सुवेदीको अध्यक्षतामा भएको वार्षिकउत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईकाे आतिथ्यता रहेको थियो ।

त्यस्तै विद्यालयका जग्गादाता, स्थानीय समाजसेवी, शिक्षासेवी, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई विद्यालयका पूर्व प्रधानाध्यापक तथा वर्तमान शिक्षक नरेन्द्र प्रसाद भट्टराईले शाब्दिक स्वागत गरेका थिए ।
कार्यक्रममा तारादेवी भण्डारीको संयोजनमा विद्यार्थीहरुले गीता वाचन पनि गरेका थिए। उपस्थित सम्पूर्णलाई स्वागत गर्न कक्षा ६ र ७ का विद्यार्थीहरुले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
विद्यालयको ६३ अाैं वार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक करुण कुमार पराजुलीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न अक्षयकोषदाताहरुलाई सम्मान पनि गरिएको थियो सम्मानित हुनेहरुमा अक्षयकोषदाता शशिधर भण्डारी, तारानाथ/ चन्द्रकला विमली त्यस्तै विष्णुमाया भट्टराई रहेका छन् भने विद्यालयको कोठा निमार्ता यशोदा ओलीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
विद्यालयको वार्षिक उत्सवकै अवसरमा देवीप्रसाद फूलमाया अक्षयकोषद्वारा ठाकुर नारायण श्रेष्ठ र तारादेवी सापकोटालाई सम्मान गरिएको थियो भने कर्णबहादुर लक्ष्मी थकुँ अक्षयकोषद्वारा विद्यालयका प्रधानाध्यापक करुण कुमार पराजुली समेत सम्मानित भएका थिए ।
कार्यक्रममा सांस्कृतिक विभाग प्रमुख तुलसी ओलीको संयोजकत्वमा साकेला, थारु, मगर, लिम्बू नाच र गायन प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बुद्धशान्ति गाउँपालिकाले शिक्षामा पालिकाबाट गर्नुपर्ने कुनैपनि सहयोगमा आफु लाग्ने बताएका छन।
विभिन्न लोक संस्कृति झल्काउने प्रस्तुतीहरु समेत देखाइएको कार्यक्रमको संचालन शिक्षक सिपि पौडेलले गरेका थिए ।






