
इटहरीमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्री जनता मा. वि. इटहरी र इटहरी जेसीज को संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम आज इटहरी ९ स्थित श्री जनता मा. वि. को प्राङ्गणमा सम्पन्न भएको छ ।
आज सम्पन्न सो कार्यक्रममा ८५ पिन्ट रगत संकलन भएको इटहरी जेसिजका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।उक्त कार्यक्रममा सह-आयोजकका रूपमा श्री जनता माध्यमिक बिद्यालय पूर्व विधार्थी समाज, नेपाल रेडक्रस सोसाइटी इटहरी उप-शाखा,रोटरी क्लब अफ इटहरी युगल तथा अन्य संघ संस्था, युवा क्लबहरुको सहयोग समेत रहेकोे जनकारी रक्तदान कार्यक्रमका संयोजक होमराज थपलियाले दिनु भएको छ ।
रगत अभाबको समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष, ईटहरी जेसीजका अध्यक्ष, नेपाल जेसीजका पूर्व अध्यक्ष, विभिन्न संघ संस्थाका व्यत्तित्व, विद्यालयका शिक्षक विद्यार्थी तथा स्थानीयहरुको संलङ्गता रहेको जानकरीे विद्यालयका सूचना अधिकारी ज्योति कोइरालाबाट प्राप्त भएको छ ।रगत संकलनका लागि नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको टोलिले सहयोग गरेको थियो ।