
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा रहेको दुईरिङ्गे कृषि सहकारी संस्था को १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। आफ्नै भवन निमार्ण स्थलमा भएको कार्यक्रम, संस्थाका अध्यक्ष मेहेन्द्र तिम्सिनाको अध्यक्षतामा भएको थियो। त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापा जिल्ला समन्वय समितिका सचिव सन्तोष सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ र अर्जुनधारा नगरपालिका वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेको आतिथ्यता रहेको थियो।
कार्यक्रममा विशेष अतिथिका रुपमा आदर्श सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष खगेन्द्र आचार्य र ओमकारेश्वर शिवलय मन्दिरका अध्यक्ष छत्र बहादुर विष्ट रहेका थिए।
संस्थाका पूर्व व्यवस्थापक सुमन रेग्मीले शाब्दिक स्वागत गरेको कार्यक्रमको संचालन सल्लाहकार समिति संयोजक बद्री भण्डारीले गरेका थिए।संस्थाले वार्षिक साधारण सभाकै अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा मायादेवी गौतम, हिमादेवी बानिया, सोमनाथ लुईटेल र मोहनमाया राईलाई सम्मान गरेका थियो। त्यस्तै उत्कृष्ट व्यवसायीका रुपमा टिकाराम रिजाल र हेमकुमारी नेपाललाई पनि सम्मान गरेको थियो। यता उत्कृष्ट कर्मचारीका रुपमा ममता अधिकारी पनि कार्यक्रममा सम्मानित भएकी थिइन्।
संस्थाले यस आर्थिक वर्षमा १४ लाख ६७ हजार भन्दा बढी नाफा गरेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाले वार्षिक उत्सवकै अवसरमा आँखा शिविर समेत संचालन गरेका थियो। शिविरमा २०० बढिले सेवा लिएका छन।