
झापाको बुद्धशान्ति बुधबारे जेसीजले नयाँ बर्ष को अवसर पारेर बुधबारे जेसीजले शाखा को आफ्नै वेबसाईट तथा २०८० साल को क्यालेण्डर बिमोचन गरेको छ ।
बुधबारे जेसीज को आफ्नै नवनिर्मित सचिवालय भवनमा भएको कार्यक्रम शाखा अध्यक्ष अर्जुन ढकालको सभापतित्व मा भएको थियाे भने बुद्धशान्ति उद्याेग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेति को प्रमुख आथित्यता रहेको थियो।होक्से कृषि सहकारी संस्था, संरक्षित महिला बचत तथा ऋण सहकारि संस्था, बुद्धशान्ति होक्से नेटवर्क प्रा लि , एभरेष्ट साबुन उधोग लगायत का संघ संस्था हरु को आथित्य रहेको कार्यक्रम मा बुधबारे जेसीज का निबर्तमान अध्यक्ष जेसिआई सिनेटर मुकेश भट्टराई मानार्थ सदस्य जेसी दिपेन सिटाैला , पुर्व अध्यक्ष तथा बुद्धशान्ति वार्ड नं १ का वार्ड अध्यक्ष जेसी अनिल वाग्ले, पूर्वाध्यक्ष जेसी नन्द कुमार याफु राई, पूर्व अध्यक्ष जेसी हेमन्त बराल, पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेल, समाजसेवी पुरन बरालको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक बुधबारे जेसीज का सहकोषाध्यक्ष जेसी अच्युतराज ढकाल ले स्वागत गरेको कार्यक्रम मा सभापति ढकाल ले कार्यक्रम को औचित्य माथि प्रकाश पारेका थिए भने पुर्व अध्यक्ष जेसी अनिल वाग्ले , होक्से कृषि सहकारि संस्था का अध्यक्ष चन्द्रमणी बराल , समाजसेवि तथा तिनतले सामुदायिक बन का उपाध्यक्ष पुरन बराल , बुद्धशान्ति होक्से नेटवर्क का प्रवन्धक भुवन थापा ले शुभकामना मन्तब्य राखेको कार्यक्रम महासचिब जेसी कुशल अधिकारि ले संचालन गरेका थिए।
कार्यक्रममा बुधबारे जेसीज का बोर्ड का पदाधिकारि लगायत सदस्य हरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रम मा बुद्धशान्ति होक्से नेटवर्क प्रा लि का प्रवन्धक भुवन थापा ले बुधबारे जेसीज ।सँग सहकार्य गर्दै अगाडि बड्न ईच्छुक रहेको जानकारि गराउँदै जेससीज भवन मा निशुल्क रुपमा नेट जडान गर्दिने प्रतिबद्धता व्यक्त गरेका थिए।