
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले मंगलबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण १५ दिने तालिम आज वाट सुरू गरेको छ ।
बुद्धशान्ति वडा नं १ को वडाकार्यलयको भवनमा उक्त कार्यक्रम गरिएको थियो । पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रमाया फुयेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं १ वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तुलसा खतिवडा बुद्धशान्ति महिला साखा प्रमुख मिना बिस्ठ वडा नं १ वडा सदस्य लक्ष्मि कडेल , सदस्य सुमित्रा रसाईलि , प्रशिक्षणको लागी काठमाण्डौ वाट आउनु भएका अधिवक्ता रन्जिता कार्कि साथै अधिवक्ता इन्दिरा नेपाल लगायतको विशेष आतिथ्यतामा रहेको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य साथै संस्थाकी उपाध्यक्ष समेत रहनुभएकी तुलसा खतिवडाले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं १ वडा अध्यक्ष अनिल वाग्लेले सामाजिक सञ्जालबाट पनि महिलामा हिंसा बढिरहेको बताउँदै अन्धविश्वास, कुरिती, कुसंस्कारले हिंसालाई बढावा दिन सहयोग पुगेको बताउनु भयो । यस्ता खलका घटनालाई रोक्न गाउँगाउँमा चेतना छर्नुपर्ने । वौद्धिक क्षेत्रमा पनि महिलाहरु हिंसामा पर्नुपरेको बताउँदै यस्तो स्थितिबाट निस्कनका लागि वडा मात्र नभई सबै लाग्नु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुध्दशान्ति महिला साखा प्रमुख मिना विस्ठले बुद्धशान्तिका विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको साथै बुद्धशान्ति गाउँपालिका भरिका सातै वटा वडाहरूमा यो कार्यक्रम गरिने बताउनु भयो । आज बाट सुरू भएको यो कार्यक्रम प्रतेक वडामा ३ /३ दिन गरेर सातै वटा वडामा गरि १५ दिन सम्म यो कार्यक्रम सन्चालन हुने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा उपस्थित भएका १०० बढि सहभागी हरूलाई काठमान्डौ वाट आउनु भएकी अधिवक्ता रन्जिता कार्कि साथै अधिवक्ता इन्दिरा नेपालले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रमम उहाँले महिलाले अन्तरिक्षमा सफल अवतरण गरेको आधा सतक भन्दा बढीको समय बित्दा पनि हाम्रो समाजमा अझै महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो ।
महिला भएकै कारणले उनीहरुमाथि फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, यौनिक, आर्थिक दुर्व्यवहार,
बलात्कार, घरेलु हिंसा, यौन शोषण, चेलीबेटी बेचबिखन र ओसारपसार, दाइजो प्रथा, बोक्सी को आरोप मा दिईने यातना, गरिबी, गालीगलौज, बहुविवाह, भ्रुणहत्या, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसा परेको बताउनु भयो।
बुद्धशान्ति वडा नं १ को वडाकार्यमा भएको कार्यक्रममाको संन्चालन संस्थाकि सचिब संगिता रिजाले गर्नुभएको थियो।