
झापाको बुद्धशान्ति २ स्थित श्री कमलेश्वर महादेव मन्दिर साधुकुटीको २५ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष योगकुुमारी पराजुलीको अध्यक्षता बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलीको प्रमुख आतिथ्यता, त्यस्तै ॐ कारेश्वर शिवालय मन्दिरका अध्यक्ष छत्र बहादुर बिष्ठ, लक्ष्मी नारायण शिवालय मन्दिरका अध्यक्ष नारद चापागाँई शितला सामुदायिक विकास केन्द्रका अध्यक्ष निलम घिमिरे लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका लेखा संयोजक भिम प्रसाद गौतमले उपस्थित सम्पर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डिल्ली अोली , शितला सामुदायिक विकास केन्द्रका अध्यक्ष निलम घिमिरे ,संस्थाका पुर्व उपाध्यक्ष नारद आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाको आ.व. २०७९/०८० को प्रगति प्रतिवेदन संस्थाकी अध्यक्ष योगकुमारी पराजुलीले प्रस्तुत गर्नु भएको थियो । तेस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष कमल प्रसाद अधिकारीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा मन्दिर निर्माणमा आ आफ्नो ठाउँ बाट सहयोग गर्नुहुने १५ जना दाता हरूलाइ फुलमाला खदा लगाएर सम्मान पत्र सहितले सम्मान गरिएको थियो।
बुद्धशान्ति २ स्थित श्री कमलेश्वर महादेव मन्दिरको आफ्नै भवनमा भएको कार्यक्रमको संचालन संस्थाका सचिव पुष्पराज भट्टराईले गर्नुभएको थियो।