
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि ३ दिने तालिम बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित वडा कार्यलयको भवनमा आज बाट सुरू गरेको छ।
पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रकुमारी फुयल( गंगा आचार्यको ) अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्ली प्रसाद आोलिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सन्जु पौडेल वडा सदस्य अमिर श्रेष्ठ , सदस्य विक्रम वोहोरा , सदस्य विमला संखर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष तुलसा पौडेेलले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पाथिभरा महिला सामुदायिक नागरिक विकास केन्द्रकि अध्यक्ष छत्रकुमारी फुयल गंगा आचार्यले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले महिलाका बिरूद्व हुने हिंसा रोक्न र अन्त्य गर्न जागरूकता बढाउने महिला हिंसा विरूद्धका आवाजहरूलाई जोड्ने र प्रेरित गर्दै सुचना जानकारी हरू आदान प्रदान गर्न कोसिस गर्ने बताउनु भयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं २ का वडा अध्यक्ष डिल्ली प्रसाद अोलिले पछिल्लो समय महिला हिंसा बढिरहेको बताउँदै ,यस्ता खालका घटनालाई रोक्न पाथिभरा महिला सामुदायिक नागरीक विकास केन्द्रले गरेको यस्तो कार्यक्रम आफ्नो वडामा पनि गरिदिएकोमा संस्थालाई धन्यबाद दिदै खुसि व्यक्त गर्दै यस्ता कार्यक्रम बुद्धशान्तिका सबै वडाहरूमा आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यपालिका सदस्य सन्जु पौडेलले हामीले देखेका छौ आफ्नै घरपरिवार मा आफ्नै बाबुबाट तिरस्कृत भएर पनि चुपचाप बस्न बाध्य छन, कति छोरिहरू आफ्नै आमालाई सुनाउदा आमाले भन्छिन छोरी तिमी हाम्रो घरको ईज्जत हौ यो कुरा बाहिर ल्याउन हुदैन भन्ने कुराले पनि कतिपय घरमा नारी हरू हिंसामा परेको हाम्रै आँखा अगाडि स्पष्ट देखिरहेका उदाहरण रहेको बताउदै बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो । त्यस्तै कार्यक्रममा उपस्थित भएका ४० जना सहभागी हरूलाई काठमान्डौ बाट आउनु भएकी अधिवक्ता इन्दिरा न्यौपाने साथै झापाको शनिश्चरे बाटआउनु भएकी अधिवक्ता रन्जिता कार्कीले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण गराउदै उहाँले भन्नुभयो महिलाले अन्तरिक्षमा सफल अवतरण गरेको आधा सतक भन्दा बढीको समय बित्दा पनि हाम्रो समाजमा अझै महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो ।
महिला भएकै कारणले उनीहरुमाथि फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, यौनिक, आर्थिक दुर्व्यवहार,
बलात्कार, घरेलु हिंसा, यौन शोषण, चेलीबेटी बेचबिखन र ओसारपसार, दाइजो प्रथा, बोक्सी को आरोप मा दिईने यातना, गरिबी, गालीगलौज, बहुविवाह, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसा परेको बताउनु भयो।
बुद्धशान्ति वडा नं २ को वडाकार्यलयमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अथिति हरूलाई संस्थाकी सहसचिब लक्ष्मी श्रेस्ठ प्रसाईले खदा द्वरा स्वागत गर्नुभएको थियो। कार्यक्रमको संन्चालन संस्थाकी सचिब संगिता रिजाल थापाले गर्नुभएको थियो ।