
झापाको बुद्धशान्ति–१ स्थित भोटेटारमा साप्ताहिक कृषि हाटबजार लाग्ने भएको छ । यहि बैशाख २० गतेबाट मेलाको आयोजना गरि २२ गते उधौलि उभौलि पर्वको दिन शुक्रवार बाट कृषि हाटबजार लाग्ने भएको हो।
नमूना–शुक्रबारे कृषि बजारका लागि आवश्यक तयारी धमाधम भइरहेको छ । स्थानीयहरुको सकृयतामा आफ्नै क्षेत्रका उत्पादनहरुको प्रबर्धनका लागि कृषि हटिया संचालनको तयारी गरिएको बजार व्यबस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले जानकारी दिनुभयो । लिम्बुका अनुसार स्थानीय स्तरमै उत्पादन हुने कृषी र पशुजन्य उत्पादनहरुले उचित बजार नपाएकाले कृषि बजार संचालन गर्न लागिएको उहाले बताउनु भयो ।
केही वर्ष अघिसम्म सो क्षेत्रमा स्वस्फूर्त रुपमा इलामको रोङ र अर्जुनधारा क्षेत्रका मानिसहरू बजार भर्न आउने गरेको भएपनि ब्यबस्थित बन्न नसक्दा बजार मासिएको प्रचारप्रसार समितिका संयोजक चन्द्र कोइराला बताउनु हुन्छ ।
तीन वटा पालिकाको संङगम स्थल भोटेटारमा कृषिहाटबजारको लागि स्थानिय सरकाले समेत पहल गरेको वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो हामीले घोषणापत्रमै शुक्रबारे बजारको व्यबस्थापन गर्ने भनेर उल्लेख गरेका थियौँ अहिले स्थानीयकै सक्रियतामा बजार लाग्ने भएपछि वडाले सबै किसिमको सहयोग गर्छ । प्रदेश सरकारबाट हामीले केही बजेट निकाशा गराउन समेत सफल भैसकेको अध्यक्ष वाग्ले बताउनु हुन्छ ।
कृषि उपज आफ्नै स्थानीय बजारमा बेच्न पाइने भएपछि कृषक पनि हर्षित भएका छन्।
आफ्नै ठाउँमा हाटबजार लाग्ने भएकाले हामीले घरमै उत्पादन गर्ने कुखुरा, अण्डा, बाख्रा, खसि, बोका, सुँगुर र सागसब्जी बेच्न पायौँ भने नुनतेल किन्ने पैसा कमिन्थ्यो कि भन्नुहुन्छ स्थानीय सन्तबहादुर योङ्हाङ । बजार ब्यबस्थापन समितिले यतिबेला धमाधम तयारी गरिरहेको छ । प्रचारप्रसारका लागी यहि बैशाख २० गते बाट मेला लगाउने साथै २२ गते बाट हाटबजार लगाउने तयारी भइरहेको समितिका सचिव अनिल घिमिरे बताउनु हुन्छ ।
उहाँका अनुसार हाट–बजार शुरु गर्नुपूर्व सो स्थानमा मेला लगाउने र बजारको उद्घाटन गर्ने योङहाङ बताउनु हुन्छ । कृषि बजार यहि २०८० बैशाख २२ गते शुक्रबार बाट शुरु हुने भएको छ ।