
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले बिहिबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि ३ दिने तालिम बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित जेष्ठ नागरिक चौतारीको सभाहलमा आज बाट सुरू गरेको छ ।
पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रकुमारी फुयल( गंगा आचार्यको ) अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका पूर्व उपाध्यक्ष मिरा भुर्तेल बुद्धशान्ति गाउँपालिकाकी कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल पोख्रेल तेस्तै कार्यपालिका सदस्य भिम धमला बुद्धशान्ति गाउँपालिका वडा नं ४ वडा सदस्य सन्जिव कुमार थेबे , सदस्य आईत बाहादुर सावाँ, सदस्य शसिकला विक, वडा नं ७ का वडा सदस्य खगेन्द्र गड्तौला, पाथिभरा महिला सामुदायिक सचेतना विकास केन्द्रकी संस्थापक अध्यक्ष यमुना चापाँगाई संस्थाकी सल्लाकार संयोजक अम्बिका कट्टेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी सहसचिव लक्ष्मी श्रेस्ठ प्रसाई ले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पाथिभरा महिला सामुदायिक नागरिक विकास केन्द्रकि अध्यक्ष छत्रकुमारी फुयल गंगा आचार्यले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले महिलाका बिरूद्व हुने हिंसा रोक्न र अन्त्य गर्न जागरूकता बढाउने महिला हिंसा विरूद्धका आवाजहरूलाई जोड्ने र प्रेरित गर्दै सुचना जानकारी हरू आदान प्रदान गर्न कोसिस गर्ने बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।
महिला हिंसा विरुद्धको कार्यक्रम बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै
महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउँदै
महिलाहरूलाई घरमा कुनै न कुनै रूपमा हिंसा हुने गरेको भन्दै महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको बताउदै उहाँले भन्नुभयो ।
बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो ।
प्रमुख अतिथि रायले राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताउदै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।
बुद्धशान्ति गाउँपालिका पुर्व उपाध्यक्ष मिरा भुर्तेलले शुभकामना मन्तव्य राख्दै पछिल्लो समय महिला हिंसा बढिरहेको बताउँदै ।,यस्ता खालका घटनालाई रोक्न पाथिभरा महिला सामुदायिक नागरीक विकास केन्द्रले बुद्धशान्ति गाउँपालिकाका सबै वडाहरूमा यस्तो जनचेतना मुलक कार्यक्रम ल्याई दिएकोमा संस्थालाई धन्यवाद दिदै बुद्धशान्तिका अरू वडाहरूमा पनि यस्ता खाले कार्यक्रमहरू आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बुद्धशान्ति वडा नं ४/७ का तालिममा उपस्थित सहभागी हरूलाई बिराटनगर बाट आउनु भएका तालिम सहज कर्ता सेवक बजगाँईले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण गराउदै उहाँले भन्नुभयो हाम्रो समाजमा अझै पनि महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो ।
महिला भएकै कारणले उनीहरुमाथी फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, घरेलु हिंसा,यौन शोषण,चेलीबेटी बेचबिखन र ओसारपसार दाइजो प्रथा,बोक्सी को आरोप मा दिईने यातना, गरिबी,गालीगलौज, बहुविवाह, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसामा परेको बताउनु भयो
बुद्धशान्ति वडा नं ४ स्थित जेष्ठ नागरिक चौतारीको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अथिति हरूलाई संस्थाकी साबित्रा श्रेस्ठ र यसोदा नेपालले खदा द्वरा स्वागत गर्नुभएको थियो।
कार्यक्रमको संन्चालन संस्थाकी सचिब संगीता रिजाल थापाले गर्नुभएको थियो ।