झापाको बुद्धशान्ति गाउँपालिकाको आयोजनामा,महिला सशक्तिकरण समिति बुद्धशान्ति- १ को व्यवस्थापन र एन्जीला ब्युटी पार्लर एण्ड कस्मेटिक सेन्टर बुद्धशान्ति -१ को प्राविधिक सहयोगमा केही समय अघि भएको व्युटिपार्लर तालिममा ४० हजार रूपयाँ घुस लिएको भन्दै महिला शशक्तिकरण समितिलाई स्थानियले आरोप लगाएका छन।
पालिकाको तीन लाखको लगानीमा बैशाखको १९ गते बाट ३ महिने तालिम सम्पन्न भएको थियो । तर तालिमको टेन्डर मिलाइ दिए वापत महिला शशक्तिकरण समिति बुद्धशान्ति -१ ले ४० हजार रकम घुस लिएको बुझिए पछि कुरा बाहिरीएको हो ।
गाउँपालिका मार्फत महिलाहरुको विकास, विस्तार र प्रर्वद्धनका लागि आएको बजेट संचालन गर्न महिला समितिनै गठन गरिएको थियो । जस्मा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ की वडासदस्य तुलसा रेग्मीको संयोजकत्वमा तुलसी पौडेल को अध्यक्ष र मुना पौडेल सचिव रहने गरी समिति बनेको थियो ।
पछि सोही समिति मार्फत उक्त तालिम संचालन गर्न एन्जिला व्युटिपार्लरले २ लाख ७० हजारमा तालिम समापन गर्ने गरी टेन्डर पारेको थियो । यता एन्जिला व्युटिपार्लरकी संचालक अन्जु गड्तौला र महिला समिति बिच ४५ जनालाई तालिम दिने भनी २ लाख ७० हजारमा टेन्डर पारिएता पनि अन्जुले २ लाख मात्र पाउने र बाँकी रकम समितिलाई नै दिने भनी मौखिक सहमती भएको बताईन ।
पछि तालिम समापन भएपछि विभिन्न राजश्व कटाएर २ लाख ५८ हजार मात्र अन्जुको खातामा आएको थियो । सहमती अनुसार अन्जुले ५८ हजार रकम नदिएकोले यो घटना बाहिर आएको हो ।
यस विषयमा ब्युटी पार्लर तालिमका संचालिका अन्जु गड्तौला पाठक संग बुझ्दा आफूँँले ४० हजार रकम चाँही समितिलाई हस्तान्तरण गरेको तर ४५ जना प्रशिक्षार्थी हुनुपर्नेमा ५५ जना सहभागी प्रशिक्षार्थीलाई तालिम दिएकोले २ लाख ५८ हजारमा २ लाख १८ हजार आफैँसंग राखेको बताईन । १८ हजारमा समिति र तालिम संचालक बिच कुरा नमिल्दा यो विषय बाहिर आएको बुझिएको छ ।
यश बिषयमा महिला सशक्तिकरण समितिका सचिब मुना पौडेल सगँ बुज्दा समितिले पटक पटक वडामा अचार बनाउने तालिमका लागी सिफारिस लिएर पनि गएका थियौ वडाकार्यलय बाट सिफारीस त पाँयौ तर गाउँपालिकले दुई वटा शिर्षकमा तालिम गराउन नहुने बताउदै ब्युटीपार्लर तालिम अन्य वडाले पनि गरेका छन तपाँईहरू पनि ब्युटी पार्लरकै तालिम गर्नु भनेर लगाएको बताउनु भयो । उहाले भन्नू भयो ब्युटी पार्लरकै तालिम हुने भएपछि सामिति र पार्लर बिच ४० हजार रूपयाँ समितिलाई दिने त्यस पैसाबाट अचार बनाउने तालिम सन्चालन गर्ने भनी मौखिक सहमतिकै आधारमा ४० हजार रूपयाँ पैसा लिएको हो तर आफुले घुस बापत कुनै पनि पैसा नलिएको बताउनु भयो ।
४० हजार रूपयँ पैसा लिएको विषयमा बाहिर हल्ला चलेपछि बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ मा छलफल पनि चलेको थियो।
यश बिषयमा छलफल गर्न भनी शुक्रबार २ बजे वडा कार्यलयमा स्थानिय सरोकारवाला एन्जिला ब्युटी पार्लरका सन्चालक ,महिला शशक्तिकरण समिती भेला भएका थिए। तर छफफलमा समितिका सचिब अध्यक्ष र २ सदस्य गरि ४ जना साथै एन्जिला ब्युटी पार्लरका सन्चालक एक जनालाई मात्र राखेर छलफल गरिएको थियो ।
छलफलमा आफुहरूलाई नराखी गर्न लागिएको भन्दै केही बेर स्थानियले वडाकार्यलयमा नारा बाजि समेत गरेका थिए । केही बेरको छलफल पछि वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले वडा कार्यलयमा उपस्थित सम्पुर्ण लाई आफ्नो कार्यकक्षमा बोलाई समिति र एन्जिला ब्युटी पार्लर दुबै पक्षको कुरा सुनि समितिको निर्णय एन्जिला ब्युटी पार्लर सगँको सहमति अनुरसार समितिले लिएको ४० हजार रूपयाँले पैसाले अब यस विषयमा जे जे भएपनि बचत भएको उक्त रकमबाट अन्य तालिम संचालन गर्ने निर्णय भएको बताए पछि स्थानियले आपत्ति जनाएका थिए ।
तर वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले यस बचत भएको पैसाले अन्य तालिम संचालन गर्ने निर्णय भएको भनेपछि स्थानियले एउटा शिर्षकमा आएको पैसा अर्कै शिर्षकमा लगाउने भनेपछि बिबाद सृजना भएको थियो स्थानिय भवानि प्रसाद गड्तौलाले बताउनु भयो।
यता तालिम संचालक अन्जु लगायत अन्य स्थानीयले समितिले उक्त रकम लिनु सरासर गलत भएको भन्दै उक्त रकम अन्जुलाई नै फिर्ता गरि पहिला वैकल्पिकमा नाम निस्केका अन्य स्थानीयलाई तालिम दिनुपर्नेमा जोड दिएका थिए ।
यस विषयमा वडालाई जानकारी गराउदा पनि भरर्पर्दो जवाफ नआएको स्थानिय बालकृष्ण खतिवडा बताउनु हुन्छ ,। गरिब जन्ताका छोरा छोरीले केहि सीप सिकुन भनेर पालिकाले छुट्याएको एति थोरै पैसामा नै यस्तो यस्तो चरम भ्रष्टाचार भएपछि कसरी विस्वास गर्ने भन्दै स्थानियले केही बेर वडामा नारा बाजि नै गरेका थिए । यस बिषयमा आइतबार पुन वडाकार्यलयले बसेर यसको सत्यतथ्य छानबिन गरि दोषिलाई कार्बाही नभए वडाकार्यलयमा ताला लगाउने सम्मको चेतावनी समेत दिएका थिए ।