
बुद्धशान्ति गाउँपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ ।
बुधबार वडा नम्बर १,३,६,र ७ बाट यो रोग विरुद्वकोखोप लगाउन सुरु गरेको हो । ‘लम्कि स्किन’ असार अन्तिम साता देखि बुद्धशान्तिमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख कैलास प्रसाद सिहंले जानकारी दिनु भयो ।
सवै वडाका कृषकहरुको घर घरमा पुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि बुद्धशान्ति गाउँपालिकाले १२ जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई ५० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिञ्ज,निडिल,प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च गाउँपालिकाले व्यहोर्ने छ ।१० हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले गाउँपालिकाले मात्रै १० लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपंछि तथा मत्स्य विकाश शाखाले जनाएको छ ।
लम्कि स्किनरोग विरुद्व खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाअध्यक्ष अनिल वाग्लेले ‘लम्कि स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताउनु भयो । असहज अवस्था आए वडा तथा गाउँपालिकालाई खबर गर्न आग्रह गर्दै उहाँले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । वडाअध्यक्ष वाग्लेले बाँकी वडाहरुमा यी वडाको कार्यक्रम सकिए लगत्तै सुरु हुने बताउनु भयो ।
बुद्धशान्तिमा लम्कि स्किनका कारण १००० हजार भन्दा बढी पशु संक्रमित भएका छन् भने सानो ठूलो गरेको ८०/ वटा पशुहरू मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरिरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको पाईएको छ ।