
आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा अाज मेचिनगर १२ का रणदिप मेचे हाउस फुल विजेता बन्दै १ तोला सुन जितेता छन,
आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा दशैँको घटस्थापना देखि तिहारको साथै छठ पर्व पछिको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न बुद्धशान्तिका मात्रै नभई जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साँझमा बुधबारे बजारको रौनकले बुधबारे बजार धपक्कै बल्ने गरेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनु भयो ।
बुद्धशान्तिको बालुवाटारमा बिङ्गो खेल्नकै लागि भनेर निकै टाढा-टाढाबाट गाढि चढेर समेत आउँने गरेका छन् । दिनभरी पेसा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएका हरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको क्लबका उपाध्यक्ष दिपक सुब्बा थेबे बताउनु भयो
विगत केही वर्ष देखि यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको यो खेल यस वर्षपनि सम्पुर्ण खेलप्रेमि महानुभाव हरूको साथ र हौसलाले गर्दा नै संचालनमा रहेको आर्दश युवा क्लबका निवर्तमान अध्यक्ष मनेश दहालले बताउनु भयो
बिङ्गोबाट यस अघि संकलित रकमबाट बुद्धशान्तिमा विभिन्न खेलकुद हरूको अायोजना समेत गरिएको बताईएको छ । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि बुद्धशान्तिमा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको आर्दश युवा क्लब पुर्व अध्यक्ष लोकराज ढुङ्गानाले बताउनु भयो ।
बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै बुद्धशान्तिमा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । बुद्धशान्तिको बालुवाटारमा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने स्थानिय हरू बताउनु हुन्छ ।