
झापा र इलामको सङ्गम स्थलमा रहेको ऐतिहासिक महत्व बोकेको ठुटेबर समग्र बुद्धशान्ति र रोङ गाउँपालिकाकै गहनाको रूपमा पनि चिनिएको ठुटेवरको विकास विस्तार र प्रबर्द्धन गर्दै स्थानीयको आर्थिक स्तर उकास्न मंसिर ५ गते देखि ११ गते सम्म मेला संचालन गरिएको ठुटेवर संरक्षण समितिक अध्यक्ष खड्ग पन्धाक सुब्वाले बताउनु भयो ।
झापा क्षेत्र १ का संघीय साम्सद बिश्व प्रकाश शर्माले उद्घाटन गर्नुभएको मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरूको वेजोड प्रस्तुतिहरू भईरहेको अायोजक समितिका सचिब कृष्ण आचार्यले बताउनु भयो ।
अन्य ठाउँहरूको मेला साँझको समयमा मात्र लाग्ने भएपनि ऐेतिहासिक ठुटेबर मेला दिउँसो पनि मज्जाले लागेको बताउँदै भोगोलिक अवस्थामा केही असहजता भएतापनि शान्ति सुरक्क्षामा बुधबारे इलाका प्रहरी कार्यलय साथै ससस्त्र टिमाई वेस क्याम बाट अवरात्त्र खटेर सेवा दिदै अाएको समितिका सदस्य गणेश अाचार्य बताउनु हुन्छ ।
मेलामा महिला समूहको नौमती बाजा, च्याब्रुङ नाच म्यारथुन दौड लगायत विभिन्न विद्यालयका नित्य प्रतियोगिता खेलकुद सास्कृतिक झाँकी लठ्ठा तानि हाडि फुटाउने बलपास विमान अपरहरण जस्ता विभिन्न कार्यक्रमहरू समेत भईरहेको समितिका निवर्तमान सहसचिब साथै सहयोगिको रूपमा कार्यक्रम सन्चालन गर्दै अाउनु भएका पुष्कर पौडेले जानकारि दिनु भयो