झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित बर्खा स्मृति प्रतिष्ठानले आइतबार एक कार्यक्रमको आयोजना गरि बर्खा स्मृति प्रतिष्ठानको प्रथम स्थापना दिवसको अवसरमा अन्तर माध्यमिक तह वतृत्वकला प्रतियोगिता सम्पन्न भएको गरेको छ ।
बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँईंको सभापतित्वमा साथै बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेती,पुर्व शिक्षक जय भण्डारी इलाका प्रहरी कार्यालय बुद्धशान्तिका इन्चार्ज प्रविन भट्टराई, शिक्षासेवी महेन्द्र संग्रौला,टिका पोखरेल संचारकर्मी लगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
त्यस्तै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले भन्नुभयो,। यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै सामुदाहिक प्रहरी सगँको सहकार्यमा लागु अौषध साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम प्रहरी सगँको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका विभिन्न विद्यालयहरूमा छात्र वृद्धि बुद्धशान्ति गाउँ पालिका वडा नं ३ स्थित चिलिमगढी दाह सस्कार गृहको सरसफाई, बुद्धशान्ति गाउँपालिकामा रहेका केही विद्यालयहरूमा शिक्षा सुधारका लागि आर्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष चन्द्र उप्रेती, वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ ,इलाका प्रहरी कार्यालय बुद्धशान्तिका इन्चार्ज प्रविन भट्टराई, शिक्षासेवी महेन्द्र संग्रौला, टिका पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वतृत्वकला प्रतियोगितामा कार्यक्रमको निर्णयकको रुपमा पूर्व शिक्षक शिवकुमार पौडेल, जय भण्डारी र उमाकान्त खनाल रहनु भएको थियो । वतृत्वकला प्रतियोगितामा बुद्धशान्ति ३ स्थित एराएभर ग्रीन अंग्रेजी विद्यालयकी छात्रा शुभना वराल प्रथम, जयपुर अंग्रेजी विद्यालयकी छात्रा पुजन आचार्य दोस्रो र गढीगाउँ मा. वि. विद्यालयकी छात्रा प्रनिसा खतिवडाले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
प्रथम हुनेलाई ट्रफी सहित १५ हजार, दोस्रोलाई ट्रफी सहित १० हजार र तेस्रोलाई ट्रफी सहित ५ हजार राशी प्रदान गरिएको बताइएको छ । आईतबार भएको वतृत्वकला प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थिहरूको सहभागिता रहेको थियो । बर्खा स्मृतिले आयोजना गरेको कार्यक्रमा उपस्थित सम्पुर्ण अतिथिहरूलाई संस्थाका उपाध्यक्ष हेम बादुर प्रसाँईले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन प्रतिष्ठानका सचिव मदन मगरले गर्नुभएको थियो ।