![](https://suryodayaonlinenews.com/wp-content/uploads/2024/01/1705155891528.jpg)
बुद्धशान्ति –४ बर्नेको च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधि शनिश्चरे युवा क्लब अर्जुधाराले उचालेको छ ।
शनिबार सम्पन्न भएको फाईनल खेलमा आदर्श युवा क्लब बुधबारेलाई २-० गोल अन्तरले हराउँदै शनिश्चरे युवा क्लब अर्जुधाराले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै अर्जुनधाराले नगद ५५ हजार ५ सय ५५ रूपयाँ, ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित आदर्शयुवा क्लबले नगद २५ हजार,५ सय ५५ रूपयाँ ट्रफी र मेडलमा चित्त बुझायो ।
स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा ३ बजेबाट सुरू भएको खेलमा खेलको म्यान अफ दि म्याच अर्जुनधाराका देवेन्द्र तामाङ भएका थिए ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा सांसद् विश्वप्रकाश शर्मा वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय लगायतले पुरस्कार वितरण गर्नु भएको
कार्यक्रममको सन्चालन खेल व्यवस्थापन समितिका संयोजक मोहन कुमार लिम्बूले संचालन गर्नु भएको थियो ।
पौष २१ गते बाटसुरू भएको खेल लाई थप रोचक बनाउन बिच बिचमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
यसका साथै खेल अवधिभर खेलाडीलाई विधागत रुपमा समेत पु्स्कार प्रदान गरिनुका साथै प्रतेक खेलका गोल कर्तालाई १ गोल बराबर बुधबारे बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं ले २ वटा रेडबुल प्रदान गर्दै आएको बताईएको छ ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।