झापाको बुद्धशान्ति गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ।
गत माघ ५ गते देखि ७ गते सम्म भएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका भित्रकाे १२ देखी १८ बर्ष उमेर समुहकाे सामुदायिक र संस्थागत गरि ३३ वटा बिद्यालयकाे सहभागिता रहेकाे थियो ।
बुद्धशान्ति गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को वडा नं २ स्थित आदर्श मावि प्रथम भएको छ ।
उक्त प्रतियाेगितामा आदर्श माविले १५ स्वर्ण ११ रजत र ७ काँश्य सहित ३३ पदक जितेर प्रथम भएकाे थियाे
बुद्धआदर्श माविले ९ स्वर्ण १४ रजत र १२ काँश्य सहित ३५ पदक जितेर दाेश्राे साथै शान्ति आदर्श माविले ५ स्वर्ण ४ रजत ५ काँश्य सहित कुल १४ पदकसहित तेस्रो स्थान हासिल गरेकाे हाे।
गडिगाउँ माविले २ स्वर्ण १ काँश्य २ रजत सहित ५ पदक प्राप्त गरेको थियो । त्यसैगरि त्रिभुवन माविले ५ स्वर्ण १ रजत ९ काँश्य सहित १५ पदक, पाएको थियो यसैगरि सम्पुर्ण विद्यालयका सहभागी खेलाडी हरूलाई विधागत रूपमा प्रतियाेगितामा उत्कृष्ट हुने खेलाडिहरुले पदक र प्रमाण पत्र पाएका थिए ।बुद्धशान्ति गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा माघ ५ गते वडा नं १ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा बुद्धशान्ति गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उत्घाटन गरिएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका ५ वटा विद्यालयहरूमा एकैसाथ सुरू गरिएको थियो ।
प्रतियोगिताको समापन माघ ७ गते वडा नं १ स्थित नमुना विद्यालय रूपमा विकास गर्न छनौट भएको बुद्धआदर्श माविको खेल मैदानमा विभिन्न कार्यक्रमको आयोजना गरि प्रतियोगिताको समापन गरिएको थियो । आइतबार बुद्धशान्ति गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारि, विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई, सल्लाहकार सदस्य चन्द्र प्रकाश कोईराला, विद्यालयका सम्पुर्ण शिक्षक विद्यार्थी अभिभावक सन्चारकर्मि लगायतको आतिथ्यता रहेको थियो । एथलेटिक्स संयोजकअनिल खतिवडाले उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद विकास संयोजक पर्शुराम चेम्जोङले पुरस्कार वितरण गर्दै सम्पुर्ण खेलाडिहरूलाई अनुशासित र मर्यादित भएर खेल खेल्न र अभिभावक शिक्षक र आफुलाई खेल छेत्रमा यो ठाउँसम्म पुर्याउने गुरूहरूको सम्मान गर्नु पर्ने बताउदै उहाँले भन्नू भयो पछिल्लो समय १८- देखि २० वर्ष सम्मका युवा युवतिहरू विभिन्न खाले कुलतमा फसेको परिबेसमा बुद्धशान्ति गाउँपालिकाले खेलकुद क्षेत्रमा लगानि गरेर बुद्धशान्तिको विकास विस्तार र प्रबर्धन सङसगै बुद्धशान्तिलाइ खेलकुदको क्षेत्रमा अगाडि वढाएर लैजाने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि मनोज प्रसाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारि लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन शिक्षा,युवा तथा खेलकुद शाखा प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले गर्नु भएको थियो