झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सम्पन्न निर्वाचनको अध्यक्ष पदमा ख्याम राज निरौला विजयी हुनु भएको छ । अध्यक्ष पदतका लागि ३ जनाले उमेद्वारी दिनु भएको थियो ।
मत गणना अनुसार ३५३ जम्मा मत गणना गर्दा अध्यक्ष को लागि ख्याम राज निरौलाले ११५ विश्णु लाल रिजालले १०९ देवि प्रसाद अधिकारीले ११५मत ल्याई ख्याम राज निरौला ,र देवि प्रसाद अधिकारि दुबैजनाको मत बराबरि भएकाले गोला प्रथा वाट अध्यक्ष पदका लागि ख्याम राज निरौला विजयी हुनु भएको थियो । त्यस्तै उपाध्यक्ष पदमा राजेन्द्र खतिवडा १८४ मतले बिजयी हुनु भएको थियो भने उपाध्यक्ष पदका लागि खतिवडाका प्रतिस्पर्धी मनकला आचार्यले १२६ मतमा चित्त बुझाउनु पर्यो उपाध्यक्ष पदमा २ जनाले उमेद्वारी दिनुभएको थियो । सचिव पदमा प्रार्बता बजगाँइले १७४ मत ल्याई बिजयी हुनु भएको थियो भने सचिव पदका लागि बजगाँइका प्रतिस्पर्धी राम प्रसाद घिमिरेले १४५ मतमा चित्त बुझाउनु पर्यो ।
सचिवको पदकालागी २ जनाले उमेद्वारी दिनु भएको थियो।
त्यस्तै सह सचिवमा पदमा जानुका दंगालले १५१ मत ल्याएर बिजयी हुनुभएको थियो भने दंगालका प्रतिस्प्रर्धी कमल बहादुर कार्किले १०५दिलबहादुर धिमालले ६० मतमा चित्त बुझाउनु पर्यो ।
सहसचिव पदका लागि ३ जनाले उमेद्वारी दिनु भएको थियो ।
कोषाध्यक्ष पदमा मन कुमारि नेम्वाङले १६५ मत ल्याएर बिजयी हुनुभएको थियो भने नेम्वाङका प्रतिस्प्रर्धी गिता देवि सेन्चिउरीले १४५ मतमा चित्त बुझाउनु पर्यो । कोषाध्यक्ष पदमा २ जनाले उमेद्वारी दिनु भएको थियो ।खुल्ला सदस्य पदमा मणिकुमार बास्कोटाले १२६ मत ल्याएर विजयी हुनुभएको थियो भने बास्कोटाका प्रतिस्प्रर्धी यसोदा घतानिले ११७ मत र हेमराज राजबंशीले ६१ मतमा चित्त बुझाउनु पर्यो ।
खुल्ला सदस्य पदमा ३ जनाले उमेद्वारी दिनु भएको थियो ।त्यस्तै आरक्षण सदस्य पदमा मनकुमारि धिमालले १६९ मत ल्याएर विजयी हुनुभएको थियो भने धिमालका प्रतिस्प्रर्धी कमला खतिवडाले १३६ मतमा चित्त बुझाउनु पर्यो । आरक्षण सदस्य पदमा २ जनाले उमेद्वारी दिनु भएको थियो ।
संस्थाका जम्मा मतदाता ३ सय ७७ जना मतदाता रहेकोमा ३ सय ५३ मतको गणना गरिएको थियो ।
शनिबार चिलिमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निर्वाचन संयोजक चन्द्र प्रकाश कोइरालाको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा नव निर्वाचित समितिलाई पद हस्तान्तरण साथै प्रमाण पत्र वितरण गरिएको थियो ।
संस्थाका लेखा संयोजम विष्णु सापकोटाले उपस्थित सम्पुर्णलाई साब्दिक स्वागत गर्नुभएको कार्यक्रममा साना शहरी खानेपानि सचिव पुर्ण संजेल,श्री शिशु सुधार आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद रिजाल,आदर्श नमुना सामुदाहिक वनका कोषाध्यक्ष राम वहादुर कार्की,संस्थाका निवर्तमान अध्यक्षहरू चन्द्र प्रसाद अधिकारी,देवि प्रसाद अधिकारि,संस्थाकी नि वर्तमान सचिव नर्वदा चापागाँइ लगायतको आतिथ्यता रहेको थियो ।नव निर्वाचित अध्यक्ष ख्याम राज निरौलाले निर्वाचन समिति लगायत सम्पुर्णमा धन्यबाद दिदै बुद्धशान्ति गाउँपालिका वडा नं ३ साबिक ८ नम्बर वडाका सम्पुर्ण बस्तिहरूमा खानेपानीका विषयमा कुनै पनि समस्या देखिँदा त्यसलाई तत्काल आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी पुर्याउने काममा भूमिका रहने बताउनु भयो । निर्वाचन समितिका सचिव पुन्य खतिवडाले सन्चालन गर्नु भएको कार्यक्रममा श्री शिशु सुधार आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद रिजाल,कार्यक्रमका प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष पर्शुराम,चेम्जोङ, संस्थाका निवर्तमान अध्यक्षहरू चन्द्र प्रसाद अधिकारी,देवि प्रसाद अधिकारि,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा निर्वाचन सफल बनाउन अहोरात्र खटेर सहयोग पुर्याउनु हुने संस्थाका सम्पुर्ण उपभोक्ता सुरक्षा कर्मि, स्थानिय समाज सेवि,सन्चारकर्मि लगायत सम्पुर्णमा धन्यबाद दिदै नयाँ निर्वाचित समितिको कार्यकाल तिन बर्से हुने प्रावधान रहेको निर्वाचन समितिका संयोजक चन्द्र प्रकास कोईरालाले जानकारी दिनु भयो ।