सिरहामा एक पसलमा आगलागी हुँदा झन्डै एक करोड बराबरको क्षति भएको छ ।
नरहा गाउँपालिका-२, पानवारी चोकस्थित लक्ष्मी जनरल स्टोरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट पसलमा रहेको ७० लाख बराबरको सरसामान जलेर नष्ट हुनुका साथै घर पनि क्षतिग्रस्त बनेको छ ।
आगलागी हुनुको कारण अहिलेसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीयवासी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।