
ईलाम बाट झापाको विर्तामोड तर्फ जाँदै गरेको मे १ च ६८ ३४ नम्बरको वुलेरो पिकप साथै सोही दिशा बाट विर्तामोड तर्फ जादै गरेको प्रदेश १०१-०१५ प ३२९० नम्बरको पल्सर मोटरसाईकल आज दिउँसो करिब २ बजेको समयमा बुधबारेको धर्मकाटा नजिकै दुर्घटना हुदा मोटरसाईकल चालक बुटवलका सत्य नारायण केसी गम्भीर घाईते भएका छन ,।
घाईते केसीलाई उपचारका लागि झापाको विर्तामोड स्थित bnc हस्पिटल लगिएको बुधबारे ईलाका प्रहरि चौकिका ट्टाफिक प्रहरी बिजय श्रेष्ठले जानकारी दिनु भयो ।
गाडी साथै गाडी चालकलाई बुधबारे इलाकामा राखिएको बताईएको छ । गाडि र गाडि चालक ईलामको सुर्योदय नगरपालिका वडा नं १ स्थित गोर्खे बाङ्गिनको रहेको बताईएको छ ।