झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को आयोजनामा
नागरिकसंग जनप्रतिनिधी कार्यक्रम अन्तरगत निशुल्क कम्प्युटर तालिम लिने प्रशिक्षार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको छ । बुद्धशान्ति स्थित बुधबारे तल्लो चौकमा संचालनमा रहेको बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीसंगको सहकार्यमा वडाले गत मंसिर २९ गते देखि तालिम सुरु गरेको थियो । तालिममा सहभागी भएका ४४ जनालाई आज प्रमाणपत्र वितरण गरिएको हो । फोकस पोइन्टका संचालक गोविन्द सुवेदीको अध्यक्षतामा गरिएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वडा सदस्य तुलसा खतिवडा रेग्मी, मोहन राई, लक्ष्मी प्रसाद कडेल, भाषा प्रशिक्षक प्रकाश कार्की, सचिन बाँस्कोटा, इकम कलेज बिर्तामोडका विवेक नेपाल, आलोक कार्की लगायतको आतिथ्यमा भएको कार्यक्रममा कम्प्युटर शिक्षक विश्वराज भण्डारीले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको सन्चालन बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का सचिव सन्जय राइले गर्नु भएको थियो ।