झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुधबारे साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सोमबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि संस्थाले साधारण सभा सम्पन्न गरेको हो । संघका अध्यक्ष ध्रुवकुमार ओलीको अध्यक्षतामा भएको सभामा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता,रहेको थियो । संस्थाको १७ औ बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट कर्मचारी जग्गादाता कार्य समिति लगायत विभीन्न शिर्सकमा उपभोक्ताहरूलाई सम्मान समेत गरिएको थियो संस्थाका उपाध्यक्ष चन्द्र प्रकाश कोइरालाले उपस्थित सम्पुर्ण अतिथि हरूलाई शाब्दिक स्वागत गर्दै कार्यक्रमको अौचित्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईले बुद्धशान्ति गाउँपालिकामा सडक निर्माण पुल भवन जस्ता विभीन्न विकास निर्माणका काम हुने क्रममा खानेपानीमा निकै ठुला ठुला समस्याहरू आईरहेको अवस्थामा निरन्तर खानेपानी सन्चालन गर्न अवरात्र खटेर कुनै पनि समस्या देखिँदा त्यसलाई तत्काल हल गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी खुवाउने सम्पुर्ण टिमलाई नै अध्यक्ष प्रसाईले धन्यबाद दिनु भयो। उहाँले भन्नू भयो आउने दिनहरूमा बुद्धशान्ति गाउँपालिका वाट गर्नु पर्ने सहयोगमा हातेमालो समेत गरेर अगाडी बड्ने बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष ध्रुवकुमार ओलिले संस्थाको वार्षिक प्रगिति प्रतिबेदन पेश गर्नु भएको थियो भने संस्थाका लेखा संयोजक घनश्याम सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।सभामा बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेती, राष्टिय प्रजातन्त्र पाटी बुद्धशान्तिका अध्यक्ष गणेश खरेल, वडा नं ३ का वडा सदस्य नर्वदा चापागाँई सुरङ्गा खानेपानी सरसफाई उपभोक्ता समितीका अध्यक्ष भिम प्रसाद अधिकारी,संस्थाका निवर्तमान अध्यक्ष नेत्र गौतम, संस्थापक अध्यक्ष ज्ञाननाथ पौडेल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका सचिव पुर्ण प्रसाद संन्जेलले सन्चालन गर्नुभएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकामा रहेका विभिन्न खानेपानि संस्थाका प्रतिनिधि पार्टी प्रतिनिधी,संस्थाका सम्पुर्ण कर्मचारी स्थानिय समाजसेवी हरूको बाक्लो उपस्थितिमा साधारण सभा सम्पन्न भएको कार्यलय ब्यवस्थापक पुस्पराज न्यौपानेले जानकारि दिनु भयो ।