
इलामको सुर्योदय नगरपालिका वडा नम्बर ६ स्थित
सनसाईन युवा समाज सुर्योदय ६ को अयोजनामा
डुँडेगैरा खेल मैदानमा प्रथम कन्याम कृषि तथा रमाईलो मेला हिजो बाट शुरु भएको छ । पर्यटन प्रर्वद्धन तथा कृषि क्षेत्रमा उत्पादित वस्तुको बजारीकरणका निम्ति महोत्सव बैशाख १० गते सम्म संचालन हुने छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानि कलाकारको प्रस्तुति स्थानिय स्तरमा उत्पादन गरेका कृषि उपजहरूको प्रदर्शनी विभिन्न जात जातिको झाँकी रहने आयोजक समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।
महोत्सवमा आयोजक समितिले गर्ने आवश्यक व्यवस्थापन ,सुरक्षा, अतिथि सत्कार लगायत सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भयो । महोत्सवलाई १ लाख भन्दा बढी पर्यटकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।
महोत्सवको आकर्षणका रुपमा विभिन्न खेल तमासा रोटेपिङ ड्राईगन बच्चाका विभिन्न खेल प्रतियोगिता, प्रतेक दिन हाउजि विङ्गो खेल स्थानिय खानाका परिकार, कृषि उपज तथा कलात्मक सामग्री प्रदर्शनी लगातका स्टल राखेको प्रचार प्रसार संयोजक प्रेम तमाङले जानकारी दिनुभयो ।