झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुधबारे ट्राफिक प्रहरी कार्यालय बुद्धशान्तिले आज विहानै बाट सवारी चेक जाचलाई कडाई गरेको छ । नयाँ वर्षमा टाढा टाढा बाट घुम्न आउने पर्यटक हरूलाई गन्तव्य सम्म पुग्न सहज होस,यात्रुहरूलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले सवारी जाँच सुरु गरेको हो । यर्यटकिय जिल्ला ईलामको श्री अन्तु कन्याम हाँसपोखरी पाथिभरा मन्दिर साथै विभिन्न ठाउँमा जाने आउने हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउने उदेश्य राखेर चेकजाँचलाई कडाई गरिएको बुधबारे ट्राफिक प्रमुख दिपक कोइरालाले जानकारी दिनु भयो ।कोइरालाका अनुसार चेक जाँचका क्रममा हेलमेट नलगाउने, मोटरसाईकलमा चार जना सम्म बसेर आउने ,सवारी साधनको कागज पत्र नहुने, लगायत विभीन्न समस्या भएका सावारी ३०० भन्दा माथि सवारी साधान लाई कार्वाही गरिएको बताउदै कोही यात्रुलाई कुनै पनि समयमा बुद्धशान्तिमा प्रवेश गर्दै गर्दा समस्या आएमा प्रहरीलाई तुरुन्त खबर गर्न समेत आग्रह समेत गर्नु भयो ।
उहाले भन्नू भयो कुनै पनि सवारी साधनले ट्राफिक नियम उल्लगङ गरे सबारीलाई तरुन्तै कारबाही गरिने समेत बताउनु भयो । ट्राफिक प्रहरी कार्यालय बुधबारेका अनुसार बुद्धशान्तिका कुनैपनि भीडभाड हुने स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको बुधबारे इलाका प्रहरी प्रमुख भानु मगरेले बताउनु भयो ।
Related Stories
१ जेष्ठ २०८१, मंगलवार ०६:२७