
बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन विद्यालयले नेपाली साहित्यका मूर्धन्य साहित्यकार युगकवि सिद्धिचरण श्रेष्ठलाई सादर स्मरण गरेको छ । युगकविको जन्मजयन्तीलाई सन्दर्भ पार्दै आज एरा एभरग्रीन अंग्रेजी विद्यालयले काव्य संगोष्ठी आयोजना गरेको हो ।
विद्यालयका प्रबन्ध निर्देशक खगेन्द्र मैनालीको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार तथा शिक्षक गणेश निरौला प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।
प्रिन्सिपल आदर्श राईले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कक्षा ९ कि छात्रा एन्जल खड्काले सिद्धिचरण श्रेष्ठको जीवनी प्रस्तुत गरेकी थिइन् ।
काव्य संगोष्ठीको प्रारम्भिक चरणमा एरा ब्यान्ड द्वारा राष्ट्रगान र गुरु वन्दना प्रस्तुत गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरू टीना तामाङ, प्रगति साह, प्रकृति निरौला, आराध्य लुइटेल, प्रेमक्षा बिमली, प्रतिमा भट्टराई, कृतिका भट्टराई, निनुमा राई, नेहा चापागाईँ साथै पूर्व छात्राहरू अल्का खतिवडा, रुविष्का घिमिरे, अनिशा भुर्तेल लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए ।
शिक्षक तथा कार्यक्रम सञ्चालक विजय मिश्रले ‘युगकवि किन युगकवि’ भन्ने विषयमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।
अतिथि दीर्घामा उपस्थित घरदलान साहित्यका अग्रज स्रष्टाहरू गणेश निरौला, जय भण्डारी, टंक विकल्प, प्रकाश न्यौपाने, पुष्प काफ्ले, धन बहादुर श्रेष्ठ, दिव्या निरौला, उषा अधिकारी, शान्ता श्रेष्ठ लगायतले पनि काव्य वाचन साथै विद्यार्थीहरूलाई साहित्य, कविता, गजल जस्ता विधाबारे जानकारी गराउनु भएको थियो।
आयुषा नेपाल र प्रीतिका गौतमले सांगीतिक कोसेली प्रस्तुत गर्दै गोष्ठीमा थप उत्साह भर्ने काम गरेका थिए ।
विद्यालयका व्यवस्थापक नारायण मैनाली, शिक्षिका अनिता चिमिरिया, अम्बिका भट्टराई लगायतका उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयले घरदलान साहित्यको साहित्यिक जमर्कोलाई सम्मान गर्दै अभिनन्दन पत्र समेत अर्पण गरेको छ ।