झापाको मेचिनगर नगरपालिका वडा नं ९ मा मेचि वन सब डिवीजन कार्यलयका अधिकृत कुल प्रसाद भट्टराईको अध्यक्षतामा साथै मेचिनगर नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष कन्चन तामाको प्रमुख आतिथ्यतामा मेचिनगर साथै बुद्धशान्ति संयुक्त मानव हात्ती द्वन्द न्यूनीकरणका निम्ति हात्ती आतंक बाट बच्न द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
संयोजक होम पौडेल , मेचिनगर , बुद्बशान्ति ४ का सुमन खालिङको उपसंयोजकत्वमा ३० समिति गठन गरिएको छ ।
सदस्यहरूमा , डम्बर लावती, किरण मगर, सरन लिम्बू, लगायत ३० समिति चयन गरिएको बुद्धशान्ती ४ उपसंयोजक सुमन खालिङले बताउनु भयो ।
उपस्थित सम्पुर्ण अतिथीहरूलाई थोप्ले विरान सामुदायिक वनका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्नु बुद्धशान्ति वन महासंघका अध्यक्ष प्रकाश साम्सोहाङले गर्नु भएको थियो ।
कार्यक्रममा मेचिनगर महासंघ अध्यक्ष जानुका ओलि, बुद्बशान्ति महासंघ अध्यक्ष प्रकाश सांसोहाङ,मेचिनगर वडा नं ९ का वडा सदस्य राजन खड्का, नवज्योति सामुदायीक वन उपाध्यक्ष विनय लावती, बासवारी वनका अध्यक्ष अम्विका प्रसाईं मेचिनगर वन कार्यलय विट १ का अध्यक्ष अमर फम्बो, विट नं २ का अध्यक्ष विर्ख तामाङ,थोप्ले विरान,वनका अध्यक्ष कृष्ण कोईराला लगायतको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन मेचीसव वन डिभिजन कार्यलयका सदस्य कर्ण विकले गर्नु भएको थियो