झापाको हल्दिबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
आज साँझ ०७ः१५ बजे हल्दिबारी ५ सोडागान्धीचोक स्थित हुलाकी मार्गमा भएका सडक दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना पुरुषको मृत्यु भएको हो ।
अन्दाजी २७ वर्ष र २३ वर्ष ती पुरुषहरुको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा साँझ ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजगढबाट जलथलतर्फ जाँदै गरेको मे. १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे. ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएका थिए ।
पिकअप र पिकअप चालक भद्रपुर २ बस्ने वर्ष ३७ को दिपेन राईलाइ जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।