अस्मिता वर्देवा /
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा हिमालयन लाइफ इन्स्योरेन्स काँकडभिट्टा शाखा को आयोजनामा १ दिने बिमा जागरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स काँकडभिट्टा शाखाका प्रमुख रमेश तिम्सिना को अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर बहादुर रायको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रम मा प्रमुख अतिथी बुद्धशान्ती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर बहादुर रायले जीवन बिमा को महत्त्व धेरै रहेको र सम्पुर्ण लाई यस विषयमा राम्रो अध्यन गरि जीवन बिमा गर्न अनुरोध गर्दै आफ्नो धारणा राख्नु भएको थियो। बिहिवार वडा कार्यलयको सभाहलमा भएको कार्यक्रममा<span;> हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिकी एजेन्सी म्यानेजर मन्जु बराइलिको समन्वय भएको कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले २०८० फाल्गुन ४ बाट हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देश ब्यापी जीवन बिमा सम्बन्धि जनचेतन कार्यक्रम झापाको बिर्तामोडमा उत्घाटन गरि सुरु गरेको बताउनु भयो । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले जीवन बिमा किन गर्ने कस्को गर्ने भन्ने बिषयमा गाँस बास कपास स्वास्थ्य शिक्षा जसरी मानिस को आधारभूत आवस्यकता भित्र पर्छ त्यसरी नै जीवन बिमा लाई आधारभूत आवश्यकता भित्र राख्नु पर्छ भन्दै प्राशिक्षण गराउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स काँकडभिट्टा शाखा प्रमुख रमेस तिम्सिनाले जीवन बिमाको महत्त्वको विषयमा उपस्थित सम्पुर्ण लाई प्राशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा वडा नं ४ का वडा सचिव राजकुमार न्यौपाने कार्यपालिका सद्स्य दुर्गा पोख्रेल समाज सेवि भक्त विस्वकर्मा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड काँकडभिट्टाकि एजेन्सी म्यानेजर मन्जु बराइली साथै स्थानिय वासिहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सन्चालन स्थानिय समाज सेवि दिपक शेर्माले गर्नु भएको थियो ।