गिद्द संरक्षण तथा सचेतना दिवस “-
रोङगाउपालिका को आयोजना र BCN को संयोजनमा आज गिद्दको सालिक अनावरण भएको छ।
रोङगाउपालिका र UNDP को सहलगानीमा करसोङ पदमार्गमा सचेतनाको लागि निर्माण गरिएको गिद्दको सालिक राेङ गाउलिका अध्यक्ष मनिकुमार स्याङ्वाेले अनावरण गरेको हुन ।
समान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ। तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्त्वलाई हेर्यौभने त्यस्तो कदापि लाग्दैन तसर्थ पनि गिद्धलाई प्रकृतिकाे कुचिकार मानिन्छ ।
शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन त्यसैले गिद्धहरु अहिंसाका पुजारी हुन्।
सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो।
सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा लगायत खानेछ फलस्वरुप मानिसमा रेलिजन, प्लेन, हैजा , आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ।
एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्याउँछ। गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्धसृङ्खला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो।
धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ। नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई सुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन्।
विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन्।
राेङ गाउपालिकाकाे करसाेङ करिडाेरमा गिद्धकाे वाससस्थान रहेकाे पहराे रहेकाे कारण गिद्धेपहराे भनिने र हरेक बर्ष गिद्धकाे अध्ययन र अवलाेकन गर्न धेरै पर्यटकहरु अाउने गरेका छन् ।