

अस्मिता वर्देवा / झापाको बुद्धशान्तिमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बुद्धशान्ति महासंघ झापाको प्रथम परिषद,सभा सम्पन्न भएको छ ।
Related Stories
२२ भाद्र २०८१, शनिबार १८:३८

बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित नवज्योति सामुदायिक वनको सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति महासंघ झापाले प्रथम परिषद, सभा सम्पन्न गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका भित्रका ५ वटा सामुदायिक विद्यालयहरूको सहभागितामा आजको सन्दर्भ सामुदायिक वनको भूमिका” विषयक वक्तृत्व कला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
प्रतियोगितामा गडिगाउँ माध्यमिक विद्यालय बुद्धशान्ति -५ कक्षा -१० की छात्रा प्रनिशा खतिवडा प्रथम साथै शान्ति आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति -६ कक्षा -१२ की छात्रा मनिता राना द्वितीय भएका थिए ।
प्रतियोगितामा बुद्ध आदर्श मा. वि. शान्ति आदर्श मा .वि .गडिगाउँ मा .वि .नवज्योति आधारभुत विद्यालय र गणेश माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ,
कार्यक्रममा प्रमुख अतिथी बेद प्रकाश भण्डारीले जिल्ला महासंग झापाले पहिलो पटक क्यालेन्डर विमोचन गर्दै प्रतेक सामुदायिक बनका कार्यलयमा वन एैन र नियम वलिका पुस्तक पुगुन र सामुदायिक वनले झेल्नु परेका समस्या सवधानको होस भनेर एैन कानुको पुस्तक पठाई सकेको बताउनु भयो
त्यस्तै कार्यक्रममा आफ्नाहरू राख्दै वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले वनको विकास सँगै वैकल्पिक आम्दानीको बाटो खोज्नुपर्ने बताउँदै सिमसार क्षेत्र लाई सुन्दर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताउनु भयो ।
बुद्धशान्ति महासंघका अध्यक्ष प्रकाश साम्सोहाङको अध्यक्षतामा भएको कार्यक्रममा नवज्योति सामुदायिक वनका अध्यक्ष मान वहादुर सावा ज्यामिरे भन्ज्याङ समुदायिक वनका अध्यक्ष खेम राज कुईकेल पाँच पोखरि सामुदायिक वनका उपाध्यक्ष स्याम धिमाल बर्ने स्किम खानेपानी संस्थाका अध्यक्ष फौदराज शेर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बुद्धशान्ति महासंघका कोषाध्यक्ष लक्ष्मी प्रसाद निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा वडा नं ४ वडा सदस्य सन्जित कुमार थेवे मानव हात्ती द्वन्द न्यूनीकरण मेचिनगर बुद्धशान्ति संयोजक सुमन खालिङ सदस्य डम्बर लावती, सरन लिम्बू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन बुद्धशान्ति महासंघकी सचिव मन्दिरा दनुवारले गर्नुभएको थियो ।
