नेपालको संविधान २०७२ घोषणा भएको दिन असोज ३ गतेको खुसियालीमा नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँसमिति र नेपाल तरुण दल बुद्धशान्तिको संयुक्त आयोजनामा बुद्धशान्ति -३ स्थित बुधबारे तल्लो चोकमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस झापा जिल्ला सदस्य लिला ढकालको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापा क्षेत्र न:२ क्षेत्रीय सभापति खगेन्द्र मैनाली ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य मुना भट्टराई ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा,नेपाली काङ्ग्रेस झापा क्षेत्र न:१ ख उपसभापति मोहन माबो,झापा क्षेत्र न:२ ख कोषाध्यक्ष विष्णु मैनाली उप्रेती ,नेविसंघ झापा जिल्ला सचीव गोकुल पौडेल ,क्षेत्रीय सदस्य पदम पोख्रेल ,प्रदेश प्रतिनिधि रुद्र प्रसाद चापागाईं, नेपाली काङ्ग्रेस बुद्धशान्ति उपसभापति मनेश दाहाल ,कनकाई क्याम्पस बिर्तामोड स्ववियु सभापति किरण गुरुङ ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सचीव कृष्ण खतिवडा ,नेविसंघ झापा निवर्तमान सहसचिव मिलन चापागाईं,तरुण दल नेता प्रेम सावा ,सुजन लावती ,नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई ,नेविसंघ सीतारमेश क्याम्पस इकाई सभापति सन्तहाङ लिम्बु ,नेविसंघ कमल गाउँपालिका कार्यबाहक सभापति पारस गिरि,त्रिदेव क्याम्पस चाराली स्ववियु सचीव मनिष विश्वकर्मा,तरुण दल बुद्धशान्ति सचिव बिनोद रिजाल लगायत पार्टीका विभिन्न तह र तप्काका नेताहरु,नेविसंघ र तरुण दल नेता लगायत उपस्थिति बिच दीप प्रज्ज्वलन सहित औपचारिक कार्यक्रम सम्पन्न भएको हो। नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले शाब्दिक स्वागत गरेको कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्ति सचीव प्रकाश शेर्माले गर्नु भएको थियो ।