झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा रहेको पाँच पाेखरी सामुदायिक वन उपभोक्ता समूहको ३९ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएकोे छ ।पाँच पाेखरी सामुदायिक वनको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीले गमलाको विरुवामा पानी हालेर गरेका उत्घाटन गर्नु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सामुदायिक बनले जनताकाे भावना अनुसार काम गरेकाे भए पनि स्थानिय सरकारले बनमा अकुश लगाउने काम गरेकाे बताउनु भयो उहाँले भन्नू भयो सामुदायिक वनकाे अधिकार कटाउन केहि व्यक्ति पछि आराेप लगाउँदै सामुदायिक वनकाे अधिकारका लागि जिल्ला महासंघ झापाका सधै लागिरहेकाे बताउनु भयो ।कार्यक्रममा बुद्वशान्ति गाउँपालिका-५ का वडा अध्यक्ष डेगेन्द्र कार्की, वनका पुर्व अध्यक्षदाेय विष्णुप्रसाद न्याैपाने, विक्रम खालिङ, मेची सव-डिभिजन कार्यालयका अधिकृत डिल्लीराम खरेल, पुर्व डिभिजन वन कार्यालय झापा अधिकृत ओमनाथ भट्टराई लगायतले सामुदायिक वनकाे विकास र प्रवद्र्धनका लागि समितिले राम्रो काम गरेकाे बताउदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सामुदायिक वनका अध्यक्ष चेतन आचार्यको अध्यक्षता भएको कार्यक्रममा अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो भने लेखा समिति संयाेजक भाेगेन्द्र बस्नेतले आथिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा डिभिजन वन कार्यालय झापामा लामाे समय रहेर काम गर्नु भएका तर हाल अवकाश रहेका वन अधिकृत ओमनाथ भट्टराई साथै वनमा हेरालाेकाे रुपमा काम गर्ने ३ जना कर्मचारी पुर्ण बहादुर मास्की, कृष्ण ठाडा र बिर्थ धिमाल सहित ४ जनालाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा बहुवन सामुदायिक वनका उपाध्यक्ष काजी मेचे, गाैतम बुद्व आधारभूत विधालयका प्रअ प्रधुम्न भट्टराई, बुद्धशान्ति-५ का वडा सदस्यहरु रिता चाैधरी, राम लगन चाैधरी र नर बहादुर कुमाल, टिमाइ बेस क्याम्पका ससस्त्र प्रहरी प्रमुख विजय यादव लगायतकाे आतिथ्यता रहेकाे थियाे ।कमर्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई संस्थाकी सचिव बबिता चाैधरीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन संस्थाकी काेषाध्यक्ष मन्दिरा दनुवारले गर्नु भएको थियो ।