
स्ववियु निर्वाचन २०८१ को सन्दर्भमा, चैत्र ५ गते नेविसंघ सीतारमेश बहुमुखी क्याम्पस इकाई समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
यस अवसरमा, स्ववियु निर्वाचनका लागि अध्यक्ष पदमा विवेक वाग्ले, सचीव पदमा डम्बर कार्की, र कोषाध्यक्ष पदमा अभिषेक घतानीलाई उम्मेदवारका रूपमा सार्वजनिक गरियो।
नेविसंघले निरन्तर रूपमा विद्यार्थीहरूको हक, हित, र अधिकारको पक्षमा आवाज उठाउँदै आएको छ।
क्याम्पसमा विद्यार्थीहरूको आवश्यकता र मागअनुसार विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको संगठनले आगामी स्ववियु कार्यकालका लागि पनि विद्यार्थीमैत्री नेतृत्व चयन गरेको नेविसंघ सीतारमेश इकाई समितिका सभापति सन्ताहाङ लिम्बुले बताए। विद्यार्थीहरूको अपेक्षा अनुसार उनीहरूको प्रतिनिधित्व गर्न सक्षम जुझारु उम्मेदवारलाई अघि सारिएको उनको भनाइ छ।