झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित रामजानकी मन्दिर महिला उपसमितीले योजना गरेको तीज बिसेष कार्यक्रममा २ जनालाई सम्मान गरेको छ । शुक्रवार रामजानकी मन्दिरमा तीज पर्वको मौलिकता र सांस्कृतिक महत्त्वलाई जोगाउन र यसको पवित्रता कायम राख्न रामजानकी मन्दिर महिला उपसमितिले आयोजना गरेको तिज मिलन कार्यक्रममा मन्दिरको स्थापना कालदेखी मन्दिरलाई महिला उपसमितीको संयोजकमा रहेर योगदान पुर्याउदै आउनु हुने समाज सेवी दुर्गा विमली र मेची महाकाली बुलेट वाइक यात्र सफल गर्नुहुने महिला सुशिला तिवारी लाई दोसल्ला अोढाई सम्मान पत्र द्वारा सम्मान गरिएको हो ।रामजानकी मन्दिर महिला उपसमिती संयोजक यानु न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय बिजय मा. वि.बुद्धशान्ति ४ का पुर्व प्रधानाध्यापक गिता ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङगानाले हिजाे तिज पर्वलाई एक दिन दर खाने कार्यक्रममा चेलिबेटी माईत जाने ,आफन्तसँग भेटघाट दुख, सुख, साटासाट गर्ने ,माैलिकता झल्कने किसीमका तिजका भाकाहरुमा सान्दार तरिकाले मनाउदै आएकाे तिज पर्व तपाईं हामी सबैलाई थाहा नै छ उहाले भन्नू भयो तर अहिले तिज पर्वलाई भड्किलो बनाईदै तपाईं हामी दिदी बहिनीले यस समाजलाई दिने सन्देश के हाे ? पाटी प्यालेसमा गएर तिज पर्व एक महिना देखि मनाउने चलन भित्रिएकाे छ याे कतिकाे सान्दर्भिक हाेला उहाँले भन्नू ,भयो यसले समाजलाई कुन दिशा तर्फ धकेली रहेकाे छ विकृतिले गर्दा हुनेखानेकाे मात्रै चाड हाेकि जस्तो देखिन थालेकाे बताउनु भयो ।
रामजानकी मन्दिर महिला उप समितीकी सदस्य विस्णु कुमारी गौतमले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रममा महिला उपसमिति संयोजक यानु न्यौपानेले कार्यक्रमकाे औचित्य प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य नर्वदा चापागाँई मेचि महाकाली बुलेट यात्रा गर्नुहुने सुशिला तिवारी लगायतले शुभकामना मन्तव्य,राख्नु भएको थियो ,।
रामजानकी मन्दिरको सभाहलमा भएको तिज मिलन कार्यक्रमलाई थप रोचक बनाउन बिभीन्न महिला समूहले प्रतियोगितात्मक नृत्य तथा गायन समेत प्रस्तुत गर्नु भएको थियो । ७०० भन्दा माथी महिला दिदी बहिनीहरूको उपस्थिति गरिएको नृत्य प्रतियोगितामा बुद्धशान्ति १ स्थित लक्ष्मिनाराय मन्दिर प्रथम सितारमेश बहुमुखी क्याम्पस समूह दोस्रो साथै
वडा नं ३ स्थित साना किसान कृषि सहकारी संस्था तेस्रो भएको थियो भने संङ्गिनि नाचमा बुद्धशान्ति ६ स्थित सिद्देस्वर शिव मन्दिर उत्कृष्ठ भएको थियो । सोही कार्यक्रममा श्री कुष्ण प्रणामि मन्दिरको तर्फबाट ढडिया नाच समेत प्रस्तुत गरिएको थियो ।
नृत्यमा सहभागीहरूलाई प्रथम पुरस्कार रामजानकी मन्दिर पुर्व कार्य समिति सदस्य प्रल्हाद खड्काले गर्नु प्रायोजन गर्नु भएको थियो ,भने दोस्रो पुरस्कार रामजानकी मन्दिर कार्य समितिका अध्यक्ष टंक काफ्लेले गर्नु भएको थियो, त्यस्तै तेस्रो पुरस्कार मन्दिर समितिका सचिब जय भन्डारीले गर्नु भएको थियो । कार्यक्रममा ,विभिन्न महिला समुहका पप्रतिनिधी संघ संस्थाका प्रतिनिधि समाज सेवि विभिन्न पाटीका प्रतिनिधी संचारकर्मी लगायतको आतिथ्यता सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन स्थानिय हिमा ढुङ्गाना रिजालले गर्नु भएको थियो