
बुद्धशान्ति गाउँपालिका र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचार सहुलियत सम्झौता
बुद्धशान्ति गाउँपालिका र नोबेल मेडिकल कलेज अस्पताल, विराटनगरबीच बुद्धशान्तिका नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा एक वर्षे सम्झौता आज सम्पन्न भएको छ।
बुद्धशान्ति गाउँपालिकाका नागरिक अस्वस्थ भई नोबेल मेडिकल कलेज अस्पतालमा उपचारका लागि जाँदा स्वास्थ्य बीमाको रकम सकिएपछि थप उपचारमा २५ प्रतिशत छुट प्रदान गर्ने विशेष व्यवस्था गरिएको हो पालिका सन्देशलाई जनाइएको छ । उक्त सम्झौतामा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं ,उपाध्यक्ष भवानी खतिवडा तथा प्रमुख प्रशासकीय अधिकृत मनोज साहले अस्पताल प्रशासनसँग हस्ताक्षर गर्नुभएको छ।
सम्झौता अनुसार अब बुद्धशान्ति गाउँपालिकाका आम नागरिकले सम्झौताको मितिदेखि एक वर्षसम्म उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।
यस महत्वपूर्ण पहलका लागि नोबेल मेडिकल कलेज अस्पताल विराटनगरका सञ्चालक आदरणीय सुनिलकुमार शर्मा प्रति विशेष आभार व्यक्त गरिएको छ।






