
झापाको बुद्धशान्तिमा रहेको भागीरथा न्याैपाने बुद्धशान्ति अस्पतालमा २ वर्ष ७ महिना सेवा गरेका अस्पताल प्रमुख डा. सुमेश चौधरीको आइतबार बिदाई कार्यक्रम सम्पन्न भएको गरिएको छ । “फेरि भेटौला” कार्यक्रमअन्तर्गत उनलाई सम्मानपूर्वक बिदाइ गरिएको हो।
बिदाइ कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं , उपाध्यक्ष भवानी खतिवडा, विभिन्न वडाका वडाअध्यक्ष, जनप्रतिनिधि , स्वास्थ्यकर्मी, लगायतले डा. चौधरीले कार्यकालको दौरान बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य सेवाको गुणस्तर सुधारमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँप्रति आभार व्यक्त गरे। साथै, उहाँको आगामी जीवनयात्राका लागि सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो ।
सोही अवसरमा अस्पतालमा सेवामा संलग्न हुनुभएका डा. एरिक बास्कोटा र डा. नितेश कुमार दासलाई स्वागत गरिएको छ।






