

आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रम तथा क्रियाकलापहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।
नेपाल सरकारकाे प्राथमिकता कार्यक्रमका रूपमा फागुन महिनामा सञ्चालन गरिएको नसर्ने रोगको स्क्रिनिङ, जोखिम पहिचान तथा नियन्त्र अभियानमा बुद्धशान्ति गाउँपालिकाले पहिलो हुँदै सक्रिय भूमिका निर्वाह गरेको भन्दै उक्त उपलब्धिको उच्च कदर गर्दै प्रशंसा गरिएको स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले बताउनु भयो ।
Related Stories
१८ कार्तिक २०८२, सोमबार ०८:३४


त्यसैगरी, पूर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरका सचिव डा. यदुचन्द्र घिमिरे बाट बुद्धशान्ति गाउँपालिकालाई समान पत्र प्रदान गरिएको यादवले बताउनु भयो ।



