
सामाजिक कार्यमा सक्रिय दारी ग्याङ झापाको वार्षिक कार्यक्रम अन्तर्गत झापा जिल्ला बुद्धशान्ति गाउँपालिकाको बुधबारे तल्लो चोकमा यहि २०८२ भदौ २३ गते सोमबार वृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।झापाका ब्लड बैंकहरुमा चरम अभाव भईरहेको रगतको माग लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिएको र उपस्थिति भई रक्तदान जस्तो महान पुण्यको कर्ममा सहभागिताका निम्ति दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले सबैमा अनुरोध समेत गर्नु भएको छ ।