
झापाको अर्जुनधारामा जारी झापा जिल्ला अन्तरपालिका अण्डर–१८ फुटबल प्रतियोगिताको आजको खेलमा बुद्धशान्ति गाउँपालिका विजयी भएको छ ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइब्रेकरमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै बुद्धशान्ति सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुद्धशान्तिका गोलकिपर रिजन ल्वागुनले ट्राइब्रेकरमा ६ वटा प्रहार रोक्दै उत्कृष्ट प्रदर्शन गर्नुभयो ।
बुद्धशान्तिको सेमिफाइनल खेल माघ १६ गते शुक्रबार हुने आयोजकले जनाएको छ ।






