
झापाको बुद्धशान्ति गाउँपालिका वाड नं ३ मा रहेको जयगंगा धर्मकाँटा तौल पुल सन्चालनमा भए पश्चात मेचि राजमार्गमा सन्चालित भार वाहन सवारी साधनहरू भार वाहन चेक जाँच गरि सो को प्रमाण साथमा गन्तव्यमा जानका लागि नियमनकारी निकायबाट नेपाल यतायात स्वतन्त्र मजदुर संगठन पाप्त भएको हुँदा आफ्ना सवारी साधनहरू संचालनको अवस्थामा नियमनकारी निकायबाट चेक जाँच गर्दा उक्त प्रमाणहरू साथमा नरहेमा कानुन अनुसार कार्बाही हुने हुदाँ सवारी व्यवसायी स्वोरोजगार साथै चालक मित्रहरूलाई ट्राफिक नियम पालना गरि सवारी संचालन गर्न संस्थाका उपमहासचिव देवी प्रसाद भट्टराईले अनुरोध समेत गर्नुभयो ।
उहाँले भन्नुभयो दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत श्रावण ७ गते बाट तौल पुलको उद्घाटन गरिएको बताउनु भयो
सवारी चालक कृष्ण राई भन्नुहुन्छ पछिल्लो समय सडकको क्षमता कति छ भौगोलिक अवस्थामामा सडक कस्तो छ भन्ने विचार नगरि र तौल पुलमा गाडी चेक नगरि सवारी चलाउदा ठुलठुला दुर्घटना हुने गरेको उहाँले बताउनु भयो ।
सवारीको तौल र त्यसको क्षमता अनुसार चेक नगरी गाडी लोड गरेर पहाडी छेत्रका सडक हरूमा चलाउने गर्दा बढी दुर्घटना हुने गर्दछ ,। तर कानुनले सवारी चालक नै दोषी देखिने भएकाले कतिपय दुर्घटनाहरूमा सवारी चालकले नै कानुनी कार्बाही भोग्नु परेको उहाँले गुनासो गर्नु भयो ।