झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे वालुवाटार चोकमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।
नेविसंघ बुद्धशान्तिको आयोजनामा दीप प्रज्वलन गरिएको थियो । नेविसंघ बुद्धशान्तिका सभापति उमेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नं. २ का क्षेत्रिय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस झापा क्षेत्र नं.२ का क्षेत्रिय सभापति खगेन्द्र मैनालीले नेपाललाई आधुनिकता, सार्वभौम राष्ट्र तिर लैजान आफ्नो जीउ ज्यानको परवाह नगरी संविधान निर्माण गर्नमा अहम भूमिकामा खेल्नुहुने ज्ञात अज्ञात सबैलाई सम्झदै अाफ्नो भनाई राख्नु भएको थियो ।
भने पार्टी र भातृसंगठनका विभिन्न प्रदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्तिका सचिव प्रकाश शेर्माले गर्नु भएकबध थियो ।