
झापाको बुद्धशान्ति २ स्थित श्री आदर्श माध्यमिक विद्यालयमा दुई दिवसीय अभिभावक भेला र हस्तकला सामग्री प्रदर्शनी सम्पन्न भएको छ ।
मिति २०८२ भदौ १६ गते कक्षा १ – ५ र १७ गते कक्षा ६ र ७ का अभिभावकहरू र विद्यालय परिवारबिच अन्तरक्रियात्मक भेला सम्पन्न हो ।आधारभूत तहको शैक्षिक गुणस्तर कसरी बढाउने भन्ने विषयमा केन्द्रित भेलाको अध्यक्षता विव्यस अध्यक्ष जीवन कुमार पोखरेलज्यूले गर्नुभएको थियो भने सञ्चालन आधारभूत तह इन्चार्ज डालिमकान्त आचार्यले गर्नु भएको थियो।
पहिलो दिनको भेलामा शिक्षक प्रतिनिधि लीलाधर खतिवडा र दोस्रो दिनको भेलामा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पोखरेलले कार्यक्रमको औचित्यसहित अभिभावकहरूलाई शब्द सुमनद्वारा स्वागत गर्नु भएको थियो।
भेलामा उपस्थित पिटिए अध्यक्ष ज्योति श्रेष्ठ, सदस्य द्वय मेनुका चापागाई, दुर्गा कुइकेलले अभिभावक र विद्यालय बिचको अन्तरक्रियाले शैक्षिक गुणस्तर सुधार गर्न अहम भूमिका खेल्ने हुँदा समय समयमा भेला गराइराख्नुपर्ने कुरामा जोड दिनुभएको थियो।सभाध्यक्षको तर्फबाट विव्यस अध्यक्ष जीवन कुमार पोखरेलले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्नु, विद्यार्थीमा संस्कारको विकास गर्नु, पठन संस्कृतिको विकास गर्नु विद्यालयको कर्तव्य हुने भएकोले यस्तो बेला आयोजना गरिएको हो भन्ने कुरामा जोड दिनु भएको थियो।
यस्तै गरी विद्यालयका पूर्व शिक्षक डम्बर प्रधानले, मिति २०८२ भदौ १७ गते, आफूले तयार पार्नु भएका विभिन्न जनावर, चराचुरुङ्गी, दैनिक जीवनमा प्रयोग हुने सामग्री, हाम्रा पुर्खाहरूले आफ्ना जीवनमा प्रयोग गर्नुभएका कृषि औजारका सामग्री लगायतका विविध सामग्रीहरु(आफ्ना हस्तकला) प्रदर्शन गर्नु भएको थियो
यस्ता कार्यले विद्यार्थीमा सिर्जनात्मक क्षमता वृद्धि गर्ने र आफ्नो कला भएका विद्यार्थीहरूका लागि कलामा निखारता ल्याउने कुरामा जोड दिँदै यस्ता प्रदर्शनी भइरहनुपर्ने कुरा विद्यालयका प्र अ हरिप्रसाद पोखरेलज्यूले स्पष्ट पार्दै पूर्व शिक्षक डम्बर प्रधानज्यूलाई बधाई ज्ञापन गर्नु भयो।
प्रदर्शनीको सहजीकरण विद्यालयका शिक्षक प्रेम श्रेष्ठले गर्नु भएको थियो।