
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित बुधबारे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुद्धशान्ति -३ ले आफ्नो १५ औं वार्षिक साधारण सभा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तिलनारान रिजालको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी प्रमुख मुना घिमिरेको प्रमुख आतिथ्यता, बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष चन्द्र प्रसाद उप्रेतीको बिशिष्ठ आतिथ्यता बर्खा स्मृति प्रतिष्ठान उपाध्यक्ष हेमराज प्रसाईँको बिशेष आतिथ्य लगायत पत्रकार, संस्थाका कर्मचारी, लगायतको आतिथ्यता रहेको थियो ।
कार्यसमिति सदस्य कमला कार्कीले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति उपाध्यक्ष श्याम प्रधानले स्वागत मन्तव्य, संस्थाका अध्यक्ष तिलनारान रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट बाल बचतकर्तामा कृषा शिवाकोटी, उत्कृष्ट ऋणी सदस्यमा हरि श्रेष्ठ , ज्येष्ट नागरिक सम्मानमा शरद दाहाल र दुर्गा देवी भण्डारी,उत्कृष्ट बचतकर्ता सदस्यमा टंकप्रसाद घिमिरे,एसएलसीमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा/छोरी सम्मानमा असिम पौडेल र दिया कुमाललाई सम्मान गरिएको थियो ।
उक्त संस्थामा ४८३ सेयर सदस्य रहेका छन ।