
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित युवा आवाज बुद्धशान्ति २ जयपुरले प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
जयपुरको आदर्श माविको खेल मैदानमा आज पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराइएको हो ।
संस्थाका अध्यक्ष शेमन्त पोख्रेलका का अनुसार दशैँको अवसरमा यही असोज १३ देखि २० गते सम्म बुद्धशान्ति २ स्थित आदर्श माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन बताउनु भयो ।
प्रतियोगितामा झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक , शिवसताक्षी, आयोजक जयपुर भेट्रान्स साथै इलामको टिम सहित आठ वटा टिमको सगभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
यस संस्थाले ज्येष्ठ नागरिक सँग युवा कार्यक्रम संचालन गर्ने द्रुव्यसन मुक्त समाज निर्माण गर्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने युवाहरूको क्षमता विकासको लागि विविध कार्यक्रम सन्चालन गर्ने संस्थाको उद्येश्य रहेको बताउदै असोज १३ गते देखि २० गते सम्म सन्चालन हुने प्रतियोगितामा २ लाख ५० हजार खर्च अनुमान गरिएको संस्थाका सचिब देबेन्द्र भन्डारीले बताउनु भयो ।
आज भएको पत्रकार सम्मेलन मा अाफ्ना भनाई राख्दै वडा नं २ का वडा सदस्य बिक्रम बोहोराले भन्नुभयो खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा उत्तिकै चासो दिएर खेलाउन अावस्यक रहेको बताउनु भयो ।
प्रत्येक खेलबाट म्यान अफ द म्याचलाई आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र म्यान अफ द सिरिजलाई समेत ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने संस्थाका सदस्य सुनिल भन्डारीले जानकारी दिनुभयो ।