
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानको खेल मैदानमा आइतबारे युथ क्लबको आयोजनामा जारी स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा अाईतबारे युथ क्लब AYC गाडा गल्ली इनोभेटिभ बिच भएको खेलमा आइतबारे युथ क्लबलाइ १/३ गोल अन्तरले हराउदै गाडा गल्ली इनोभेटिभ स्वर्गीय मन कुमार इधिङ्गो स्मृति च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको छ ।
खेल सुरू भएको १० औं मिनेटमा गाडा गल्ली इनोभेटिभका टिम क्याप्टन नितेस राईले पहिलो गोल गरेका थिए भने खेल सुरू भएको १६ मिनेटमा अाईतबारे युथ क्लब आयोजकका सोनुहाङ लिम्बुले पनि १ गोल गर्दै दुबै टिमको खेल बराबरी बनाएका थिए भने फेरि पनि खेलको ३१ अौं मिनेटमा गाडा गल्लीका इनोभेटिभका सेवात मगरले थप एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा खेलको २२ अौं मिनेटमा गाडा गल्लीका छिरिङ तमाङले थप १ गोल गर्दै आइतबारे युथ क्लब आयोजकलाई १/३ गोल अन्तरले हार चखाउदै गाडा गल्ली इनोभेटिभ स्वर्गीय मन कुमार इधिङ्गो स्मृति च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।
त्यस्तै मैला तर्फ भएको फाइनल खेलमा सृजनसिल युवा समाज र भोटेटार FC बिच भएको थियो जस्मा सृजनसिल युवा समाजलाई ०–१ गोल अन्तरले हराउदै भोटेटार FC विजयी भएको थियो ।
असोज २० गते शनिबार बाट सुरु भएको खेलमा पुरूष तर्फ ८ वटा टिम सहभागि रहेका थिए ,त्यस्तै महिला तर्फ ४ वटा टिम सहभागि भएका थिए, प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ३० हजार ट्रफि मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो भने दोस्रो हुनेलाई नगद रू २० हजार ट्रफि मेडल प्रमाण प्रत्रले सम्मान गरिएको थियो ।
त्यस्तै आज भएको महिला तर्फको फाइनल खेलमा पहिलो विजेतालाई ६०००/ साथै दोस्रो विजेतालाई ४०००/ ट्रफि मेडल प्रमाण पत्रले सम्मान गरिएको आइतबारे युथ क्लबका अध्यक्ष मिलन सुब्बाले जानकारि दिनु भयो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर अाइतबारे युथ क्लब आयोजका विशेष गुरूङ भएका थिए भने उच्च गोलकर्ता गाडा गल्लीका रिकि श्रेष्ठ भएका थिए ।
आज भएको फाईनल खेलमा गाडा गल्लीका सेवन मगर ,म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका मगरलाई समाज सेवि तथा संस्थाका सदस्य नवराज लिम्बुको तर्फबाट पुरस्कृत गरिएको थियो ।
शनिबार भएको फाइनल खेलमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नू, भयो हाम्रो स्वाथ्यको लागि पनि खेलकुद अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा बेस्त बनाई उनिहरुलाई कुलतमा फस्नबाट जोगाउन खेलकुदले ठूलो मदत, पुग्ने भएकाले यस्ता खेलहरूले अहिलेका युवाहरूलाइ स्वाथ्य क्षेत्रमा पनि निकै प्रभावकारी भुमिका खेल्ने बताउदै गाउँपालिकाको तर्फ बाट खेलकुदको क्षेत्रमा पालिकाको तर्फबाट सहयोग गर्ने साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।
प्रतियोगितामा अतिथिहरूलाई स्वागत गर्न सेकमुरीफुङ याक्थुङ साप्तिम सयङ समेतको नृत्य प्रस्तुत गरिएको थियो । स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा ब्यस्थ बनाउने र उनिहरुकाे खेलकुदमा बेस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको क्लबका मिलन सुब्बा बताउनु हुन्छ
शनिबार सम्पन्न फाइनल खेलमा संस्थाका खेल संयोजक सुर्यमान सुब्बाको सभापतित्वमा भएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख अातिथ्यता त्यस्तै अतिथिहरूमा वडा नं ४ का वडा सदस्य आइत राज साँवा टिमाई वेस क्यामका प्रमुख,राम लिम्बू, आइतबारे युवा क्लबका सल्लाहकार सदस्य हरि पुरी, समाज सेवि डिल्ली मावो, संस्थाका सचिब सनुहाङ माबो लिम्बू समाज सेवि नन्दकुमार इधिङ्गो समाज सेवि नवराज लिम्बू फोदराज शेर्मा, लक्ष्मि मावो, राजेन्द्र राई लगायतको उपस्थिति भएको कार्यक्रमको सन्चालन इन्द्र भण्डारीले गर्नुभएको थियो ।